समाचारवीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ ।
लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट शुरू भएको हो । मुख्य सडक विस्तारविरूद्ध स्थानीयले दायर भएको मुद्दा सर्वाेच्चले गत फागुन २८ गते खारेज गरेसँगै सडक विभाग र जिल्ला प्रशासन कार्यालयको आग्रहपछि वीरगंज महानगरपालिकाले आजबाट सडक क्षेत्रभित्र (२५–२५ मिटर) पर्ने संरचना हटाउन शुरू गरेको हो ।
महानगर प्रमुख राजेशमान सिंह स्वयं तीनवटा डोजरसहितको टोली लिएर भन्सार क्षेत्रबाट अभियान शुरू गर्न पुग्नु भएको थियो । विस्तार कार्य भन्सारदेखि गण्डक चोकसम्म निरन्तर अघि बढाइने मेयर सिंहले बताउनु भयो । यो मार्ग वीरगंज–पथलैया हाइवे तथा भारतको कोलकाता बन्दरगाहसँग जोडिने नेपालकै एक प्रमुख मालवाहक सडक हो । रक्सौल नाका हुँदै भित्रिने सवारी साधनको प्रवेशद्वार समेत भएको यस सडकको अव्यवस्थित अवस्था, अतिक्रमण र साँघुरोपनका कारण दैनिक ट्राफिक जाम, दुर्घटना र धुलो–धुवाँले नागरिक हैरान भइरहेका थिए ।
स्थानीय व्यापारी, युवाहरू र सामाजिक अभियन्ताहरूले सडक चौडा भएपछि वीरगंजको स्वरूप नै फेरिने बताउँदै अभियानप्रति समर्थन जनाएका छन् ।
यद्यपि सडक क्षेत्रमा भवन संरचना पर्ने केही स्थानीयवासीले भने उचित मुआब्जा नपाएको गुनासो गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १...

‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक

वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले...

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...
neelambads

सिफारिस

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान...