प्रदेश खबरमधेशपूर्वाधार विकास कार्यालय पर्सामा सिपमूलक तालिमको नाममा करोडौंको अनियमितता

पूर्वाधार विकास कार्यालय पर्सामा सिपमूलक तालिमको नाममा करोडौंको अनियमितता

वीरगंज, २२ असार । पूर्वाधार विकास कार्यालय, वीरगंज पर्सामा आर्थिक वर्ष २०७९/८० मा सिपमूलक तालिम तथा वितरणमुखी कार्यक्रमको नाममा झण्डै १ करोड १० लाख रुपैयाँ बराबरको अनियमितता भएको पाइएको छ ।

पुर्वाधार विकास कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख दिपक कुमार मिश्र र लेखा प्रमुख शिवशंकर चौधरीको मिलेमतोमा वितरणमुखी कार्यक्रम, तालिम र सामग्री खरिद वितरणका नाममा कागजी प्रक्रिया मिलाएर १ करोड १० लाख रुपैयाँ अनियमित खर्च देखाइएको छ। अधिकांश कार्यक्रमहरूमा लाभग्राही छनोटको आधार छैन, जनसहभागिता छैन, न त सार्वजनिक पारदर्शिता नै देखिन्छ।

सरकारी मापदण्ड विपरीत खर्च

पूर्वाधार विकास कार्यालयले सरकारी मापदण्ड विपरीत कार्यक्रम सञ्चालित गर्दै सुनियोजित रुपमा गैरसरकारी संस्थामार्फत रकम खर्च गरेको हो । प्रदेश सरकारद्वारा जारी नियमावली २०७७ अनुसार यस्तो कार्यक्रम सञ्चालन गर्दा अनुसूची १ बमोजिमको कार्यक्रम कार्यान्वयन तालिका, अनुगमन र मूल्यांकन हुनुपर्नेमा त्यसको कुनै प्रमाण भेटिएको छैन ।

महालेखा प्रतिवेदनअनुसार वितरणमुखी तथा सिपमूलक कार्यक्रम पुँजी निर्माणमा योगदान नगर्ने, स्थायीत्व नभएको र सिर्जनात्मक प्रतिफल नदिने प्रकारका थिए । यस्ता कार्यक्रमलाई निरुत्साहित गर्नुपर्नेमा उल्टै कमिसनको भागबन्डामा साजिसपूर्वक रकम खर्च गरिएको आरोप प्रतिवेदनमा उठाइएको छ ।

यसरी बाँडियो सार्वजनिक पैसा

महालेखा प्रतिवेदन अनुसार निम्न संस्थाहरूलाई निम्न शीर्षकमार्फत रकम दिइएको छ:
• हाम्रो संचालन जागरण अभियान – ब्युटिसियन तालिम: रु. ४,९०,४२०
• युवा तथा महिला विकास केन्द्र – ब्युटिसियन तालिम: रु. ४,९६,०००
• सुलभ सेवा नेपाल – परिवार नियोजन जनचेतना तालिम: रु. ४,८८,६००
• बारा उत्थान सेवा केन्द्र – बालबिवाह जनचेतना तालिम: रु. ४,८५,२३०
• सहयोगी संस्था नेपाल – महिला स्वास्थ्य तालिम: रु. १,९३,१००
• फल कृषि सहकारी संस्था – कृषक भ्रमण: रु. २,९२,८३४
• सोसियल डेभलपमेन्ट सेन्टर – महिला भ्रमण तालिम: रु. ३,९२,२३८
• पंखा वितरण (विद्यालय) – रु. ४,९०,०००
• इलेक्ट्रिक सामग्री वितरण – रु. ८,८५,०००
• जेनेरेटर वितरण – रु. ९,८७,०००
• खेलकुद सामग्री वितरण – रु. ९,८०,०००
• अपांग साइकिल वितरण – रु. ८,८१,०००
• कोदालो वितरण (सहकारी) – रु. ४,८९,०००
• कर्सी तथा एलुमिनियम भाँडा वितरण – रु. ४,९०,०००
कुल जम्मा खर्च देखाइएको: रु. १,०९,९१,९२०

लाभग्राहीको आधार छैन, पारदर्शिता पनि छैन

महालेखा प्रतिवेदनले खर्च भएका कार्यक्रमहरूको लाभग्राही छनोट प्रक्रिया, उनीहरूको आवश्यकताको पहिचान र कार्यक्रमको प्रभावकारिता मापन केही पनि नगरी केवल कमिसनका लागि वितरणमुखी काम गरिएको स्पष्ट पारेको छ । कार्यक्रम जनताले माग गरेको आधारमा होइन, केही व्यक्तिको तजबिजमा गरिएको देखिन्छ ।

बेरुजू कायम, भ्रष्टाचार पुष्टि

यस सम्पूर्ण अनियमित खर्चलाई महालेखाले बेरुजू (विना प्रमाण खर्च) रूपमा कायम गरेको छ । महालेखा प्रतिवेदनले भनेको छ:

“लाभग्राही छनौटको आधार पेश नगरिएको, लक्षित वर्गको माग वा आवश्यकता पहिचान नगरी वितरणमुखी कार्य तथा तालिम कार्यक्रम सञ्चालन गरिएको पाइएकोले सो खर्चमा भ्रष्टाचारको प्रबल आशंका देखिन्छ ।”

पूर्वाधार विकास कार्यालय पर्सामा सिपमूलक तालिम र वितरणमुखी कार्यका नाममा गरिएको झण्डै १ करोड १० लाख रुपैयाँ बराबरको भ्रष्टाचार सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने देखिन्छ । यस घटनाले सार्वजनिक सेवा र बजेट खर्चमा देखिएको लापरवाहीप्रति नागरिकको गम्भीर चासो र गणतान्त्रिक शासनको जवाफदेहितामा प्रश्न उठाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा...

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश...

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि...

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...
neelambads

सिफारिस

पोखरियामा पौने ३५ लाखको डि.पि.आरमा घोटाला, लागत अनुमान र कानुनी प्रक्रिया बिना लाखौं रुपैयाँ हिनामिना

असार, ३ वीरगंज । पर्साको पोखरिया नगरपालिकामा कमिसनको भागबण्डामा एक/दुई होइन, दर्जनौँ योजनाहरू ऐन विपरीत सोझै खरिद गरी अनियमितता भएको पाइएको छ । पोखरिया नगरपालिकाका...

पर्साका सबै अधुरा खानेपानी आयोजना साउनदेखि सञ्चालनमा आउने : मन्त्री प्रदीप यादव

जेठ, ११ वीरगंज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पर्सा जिल्लाका सबै अधुरा खानेपानी आयोजना साउन महिनादेखि सञ्चालनमा ल्याइने बताएका छन् । शुक्रबार पर्सागढी...

बहुदरमाईमा कालोपत्रे सडक निर्माण तीव्र, मेयर सिंगासन साहले गरे अनुगमन

जेठ, १ वीरगंज । बहुदरमाई नगरपालिका वडा नं. १ स्थित बिश्रामपुर गाउँ हुँदै भौराटार–डौकैलासम्मको मुख्य सडकमा कालोपत्र (पिच) तथा नाला निर्माण कार्य तीव्र गतिमा...