समाचारवीरगंज महानगरमा वर्षेनी बेरूजु रकम घट्दै

वीरगंज महानगरमा वर्षेनी बेरूजु रकम घट्दै

वीरगन्ज महानगरपालिकाले विगत दुई आर्थिक वर्ष यता बेरुजु रकमको परिमाण वर्षेनी घटाउँदै लगेको छ । महानगरको मेयर राजेशमान सिंह निर्वाचित भए यताको हरेक आर्थिक वर्षमा महानगरपालिकाको बेरुजु रकमको परिमाण घट्दै गएको छ ।
महानगरको मेयरमा सिंह निर्वाचित हुनु अघिको आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज महानगरको बेरुजु रकम कूल ६७ करोड ७८ लाख १० हजार रुपैयाँ थियो । तर त्यसयताको हरेक आर्थिक वर्षमा महानगरको बेरुजु रकम घट्दै गएर आर्थिक वर्ष २०८०/०८१ सम्म आइपुग्दा कूल बेरुजु रकम २२ करोड ७५ लाख २३ हजार रुपैयाँमा झरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज महानगरको बेरुजु रकम ६७ करोड ७८ लाख १० हजार रुपैयाँ रहेकोमा त्यसमा पेश्की बेरुजु रकम मात्रै ८ करोड ७६ लाख २८ हजार रुपैयाँ,असुल गर्नुपर्ने बेरुजु रकम २४ करोड ९ लाख ७० हजार रुपैयाँ,नियमित गर्नुपर्ने बेरुजु रकम १२ करोड ३८ लाख ५४ हजार रुपैयाँ र प्रमाण पेश गर्नुपर्ने बेरुजु रकम २२ करोड ५३ लाख ५८ हजार रुपैयाँ थियो ।
मेयर सिंहको कार्याकालको पहिलो आर्थिक वर्ष २०७९/८० मा भने वीरगन्ज महानगरको बेरुजु रकम ५० करोड ९१ लाख ५० हजार रुपैयाँमा झर्यो ।जसमा पेश्की बेरुजु रकमपनि अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ८ करोडले घटेर ७८ लाख ८१ हजार रुपैयाँ मात्रै देखियो। यस्तै असुल गर्नुपर्ने बेरुजु रकम १३ करोड ९५ लाख ९७ हजार रुपैयाँ,नियमित गर्नुपर्ने बेरुजु रकम ६ करोड ४५ लाख ३२ हजार रुपैयाँ र प्रमाण पेश गर्नुपर्ने बेरुजु रकम २९ करोड ७१ लाख ४० हजार रुपैयाँ थियो ।
वीरगंज, १२ जेठ । गत आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज महानगरको कूल बेरुजु रकम २२ करोड ७५ लाख ३३ हजार रुपैयाँ मात्रै देखिएको महालेखापरीक्षकको कार्यालयले २ जेठमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) मा उल्लेख छ ।
जसमा पेश्की बेरुजु रकम ५१ लाख ५० हजार रुपैयाँ मात्रै छ । यस्तै असुल गर्नुपर्ने बेरुजु रकम ३ करोड ४८ लाख ५७ हजार रुपैयाँ,नियमित गर्नुपर्ने बेरुजु रकम १२ करोड २९ लाख ९१ हजार रुपैयाँ र प्रमाण पेश गर्नुपर्ने बेरुजु रकम ६ करोड ४५ लाख ३५ हजार रुपैयाँ देखिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा वीरगन्ज महानगरपालिकामा महालेखाले ६ अर्ब २८ करोड १६ लाख ५१ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरेकोमा भेटिएको बेरुजु रकम लेखापरीक्षण भएको रकमको ३.६२ प्रतिशत मात्रै हो ।
गत आर्थिक वर्ष २०८०/८१ मा वीरगन्ज महानगरले संघीय तथा प्रदेश अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोष समेत गरी ३ अर्ब १२ करोड २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । चालु, पुँजीगत र अन्य गरी ३ अर्ब १६ करोड १६ लाख २५ हजार रुपैयाँ खर्च गरेको थियो ।
कानुन बमोजिम रित नपु-याइ कारोबार गरेको, बेमुनासिब वा हिनामिना देखिएको भनी लेखापरीक्षकले कैफियत जनाएको रकमलाई बेरुजु भनिन्छ ।
वीरगन्ज महानगरपालिकाका आन्तरिक लेखा परीक्षक हरिशंकर कुर्मीले वीरगन्ज महानगरपालिकाले विगत दुई आर्थिक वर्षयता बेरुजु रकम घटाउँदै लगेको बताए । महानगरको खर्च प्रकृयामा सुधार आउँदै गएका कारणले बेरुजु रकमको परिमाण घट्दै गएको उनले बताए ।
साथै महानगरका अहिलेका जनप्रतिनिधिका तर्फबाट अनुचित दबाब नहुने गरेको र कर्मचारीले पनि सबै प्रकृया पुरा गरेर काम गर्दै आएका कारणलेपनि बेरुजु रकम घट्दै गएको उनले मधेसखबरलाई बताए । कुर्मीले भने,‘ अहिलेका जनप्रतिनिधि ज्युहरुबाट कर्मचारीलाई कुनै अनुचित दबाब छैन । बरु उहाँहरुले त नियमसंगत र बेरुजु रकम सकेसम्म कम हुने गरी काम गर्नुस् भनेर निर्देशन दिदैं आउनु भएको छ ।’
वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले पनि भुक्तानी लगायतका काममा आँफुले कर्मचारीलाई कुनै दबाब नदिने गरेको बताए ।कानुन, नियम र प्रकृयाले मिल्ने काममात्रै गर्न कर्मचारीहरुलाई आँफुले प्रोत्साहित गर्दै आएको उनले बताए । सिंहले भने,‘ बेरुजु रकम कसरी कम हुन्छ ? नियमको दायारामा रहेर पहिलेका बेरुजु कसरी फर्छौट गर्न सकिन्छ ? यी सबै कुरालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिदैं आएको छु।’
प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले ...

वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको...

एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव...
neelambads

सिफारिस

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गर्दै स्थानीय नागरिकका गुनासा,...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर अभियान शुरू गरेको छ । रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै...