अन्तर्राष्ट्रियकोहलीले तोडे सचिनको ३ कीर्तिमान

कोहलीले तोडे सचिनको ३ कीर्तिमान

काठमाडौं,१मंसिर :

भारतीय ब्याट्सम्यान तथा पूर्वकप्तान विराट कोहलीले एकैपल्ट सचिन तेन्दुलकरको नाममा रहेको ३ कीर्तिमान तोडेका छन्। क्रिकेटका भगवान् पनि भनिने तेन्दुलकरको ३ कीर्तिमान कोहलीले आफ्नो नाममा बनाएका हुन्।

भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलमा विराटले एकैपल्ट ३ कीर्तिमान राखे। विराटले सबैभन्दा बढी शतक, एकै विश्वकपमा सर्वाधिक रन र एकै विश्वकपमा सर्वाधिक ५० बढी रन बनाउने कीर्तिमान आफ्नो नाममा सारे।

बुधबार सम्पन्न खेलमा कोहलीले १ सय १७ रनको इनिङ्स खेले। उनले १ सय १३ बलमा ९ चौका र २ छक्का प्रहार गरे। एकदिवसीय क्रिकेटमा कोहलीको यो कीर्तिमानी ५०औं शतक हो। यसअघि तेन्दुलकरले ४९ शतक प्रहार गरेका थिए।

कोहलीले २ सय ७८ इनिङ्समा यो कीर्तिमान बनाएका हुन्। सतकीय इनिङ्ससँगै कोहलीले विश्वकपको एक संस्करणमा सर्वाधिक रन बनाउने तेन्दुलकरको रेकर्ड तोडे। तेन्दुलकरले सन् २००३ को विश्वकपमा ६ सय ७३ रन बनाएका थिए। फाइनल अघि कोहलीले ७ सय ११ रन बनाइसकेका छन्।

कोहली एकै विश्वकपमा ५० भन्दा धेरै स्कोर बनाउने ब्याट्सम्यानसमेत बनेका छन्। सन् २००३ को विश्वकपमा सचिनले ७ खेलमा ५० भन्दा बढीको स्कोर गरेका थिए। विश्वकपको यस संस्करणमा कोहलीले ८ पल्ट ५० बढी रन बनाइसकेका छन्।साभार: अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले ...

वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको...
neelambads

सिफारिस

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तार...

सुशासनको डँका, अव्यवहारीक खर्चको चाङ ?, मेयरसापले खाए एक वर्ष मै १९ लाखको खाजा र खाना

असार, १६ वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आर्थिक वर्ष २०८०/८१ मा पुजन होटलबाट मात्र १९ लाख रुपैयाँभन्दा बढीको खाना र खाजा खाएका...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज...