समाचारसेमिअटोमेटिक पेस्तोल र गोलीसहित ३ जना पक्राउ

सेमिअटोमेटिक पेस्तोल र गोलीसहित ३ जना पक्राउ

मकवानपुर, २३ मंसिर । मकवानपुरको हेटौँडाबाट पेस्तोल सहित ३ जना पक्राउ परेका छन् । हेटौँडाबाट सेमिअटोमेटिक पेस्तोल, २० थान गोली सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूलाई शुक्रवार हेटौँडा–१० बाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर– ९ बस्ने ३३ वर्षको निश्चल पौडेल, सोही स्थानका ३५ वर्षका गणेश घले र ३० वर्षको प्रितम क्षेत्री रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूको साथबाट सेमिअटोमेटिक पेस्तोल, २० राउन्ड गोली, हतियार सफा गर्ने रड, लागु औषध खैरो हेरोइन २ ग्राम ४०० मिलिग्राम, लागु औषध तौल गर्ने डिजिटल तराजु २ थान, ५ थान मोबाइल, ५० हजार नगद र ना २५ प ३३०५ नम्बरको सिबी युनिकर्न र ना ६३ प ९६७८ नम्बरको आरआर ३१० सिसीको मोटरसाइकल बरामद गरेको छ ।
उनीहरूले मङ्सिर १९ गते हेटौँडा–९ स्थित सूर्य प्रसाद पौडेल(सुरेश)को घरमा गोली प्रहार गरेका थिए । घटना भएको नजिकै विवाह समारोह भएकाले कसैले पटका पड्काएको हुनसक्ने आशंका गरिए पनि भोलीपल्ट बिहान घर बाहिर पड्किएको गोलीका खोकाहरू फेला परेपछि घटना बाहिरिएको थियो ।
गोली प्रहार भएको घटनाको जानकारी प्राप्त हुनासाथ सो सम्बन्धमा मङ्सिर १९ गतेबाटै प्रहरी उपरीक्षक रिजालको कमान्डमा अनुसन्धान टोली खटिएको थियो । प्रहरी टोलीले घटनास्थलको अनुसन्धान तथा घटनामा संलग्न फरार व्यक्तिहरू खोजतलास गर्ने क्रममा मङ्सिर २२ गते शुक्रवार उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १...

‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक

वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले...

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...
neelambads

सिफारिस

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान...