समाचारबाराको कलैयाबाट यातायातसम्बन्धी सम्पूर्ण सेवा लिन सकिने

बाराको कलैयाबाट यातायातसम्बन्धी सम्पूर्ण सेवा लिन सकिने

कलैया, २६ मंसिर । बाराको कलैयामा सोमवार यातायात व्यवस्था कार्यालयको उदघाटन भएसंगै छिट्टै यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरु अब बाराबासीले पर्सा धाउनु नपर्ने बताएका छन् ।
मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दनकुमार सिंहले कलैया ३ स्थित गंगापुर शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको कार्यालयको उदघाटन गरेका हुन् । कार्यालयको उदघाटन भएसंगै अब बाराका सेवाग्राहीले यातायातसम्बन्धी सम्पूर्ण कार्यको सेवा लिन सक्नेछन् । केहीदिनको तयारीपछि सेवा संचालन हुनेछ । यसअघि उक्त सेवा वीरगंजस्थित यातायात व्यवस्था कार्यालयले प्रदान गर्दै आएको थियो ।
यातायात व्यवस्था कार्यालय मधेस प्रदेश सरकार अन्तर्गत आएपछी सेवा विस्तार गरिएको हो । यसअघि सर्लाहीमा कार्यालय उदघाटन भएको थियो । उक्त सेवा मधेसका सबै जिल्लामा क्रमशः लगिने बताइएको छ ।
कार्यालय उदघाटन कार्यक्रममा मन्त्री सिंहले मन्त्रालयले अब सवारी चालक अनुमतिपत्रको नविकरण मितिको अवधि बढाएर १० वर्ष पुर्याउने र गाडीको नविकरण पटकपटक गर्न नपर्ने गरि तयारी गरिरहेको बताए ।
कार्यक्रममा मधेस प्रदेशसभा सदस्य महम्मद समीरले यातायात कार्यालय बारामा उदघाटन हुँदा बाराबासीको लागि खुशीका कुरा रहेकोे बताए । समीरले हरेक सेवालाई जनतामाझ लगिनुपर्ने बताउदै बताए ।
यसैगरी मदेस प्रदेशसभा सदस्य रवीन्द्रदास श्रेष्ठले कार्यालय उदघाटनसंगै व्यवस्थित ढंगले सेवा संचालनमा ध्यान दिनुपर्ने बताए । कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले यातायात कार्यालयको स्थानीय रूपमा कार्यालय व्यवस्थापन गर्नका लागि तीन बिगाह जमिन उपलब्ध गराउने घोषणा गरे ।
कार्यक्रममा जसपाका नेता रामबाबुकुमार यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता, नेता पारस साह, जनमत पार्टीका जिल्ला ईन्चार्ज शिवनाथ पटेल, नेता सन्तोष पटेल, मुकेश दुबेदी, नेपाली कांग्रेसका राजेश सिंह, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष मुकेश साहलगायतकाले मन्तव्य राखेका थिए ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...
neelambads

सिफारिस

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पाँचवटा मोटरसाईकलसहित पक्राउ गरेको जनाएको छ । विभिन्न मिति,...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ...