समाचारचीनमा ५.९ म्याग्निच्युडको भूकम्प, १०० बढीको मृत्यु

चीनमा ५.९ म्याग्निच्युडको भूकम्प, १०० बढीको मृत्यु

> > > ३ पुस २०८०, मंगलबार > *काठमाडौँ–* चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको > गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको > मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पमा परी २२० जना घाइते भएका छन् । > > मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु > र छिङ्हाइ प्रान्तमा बढी क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (*यूएसजीएस > <earthquake.usgs.gov/earthquakes/map/?currentFeatureId=us7000ljvg&extent=-5.96575,10.89844&extent=67.27204,194.76563>*)ले भूकम्प > १० किलोमिटर गहिराइमा गएको जनाएको छ । > > यसैबीच, चिनियाँ राष्ट्रपति सी चीनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प > प्रभावितहरूको उद्धार, राहत र घाइतेहरूको उपचारमा सम्पूर्ण संयन्त्र परिचालन > गरिएको बताएका छन् । > > आपतकालीन कामदारहरूले चिसो मौसमको सामना गर्दै उद्धारकार्यलाई जारी राखेको > समाचारमा जनाइएको छ । >
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता विषयमा गृह मन्त्रालयको प्रतिवेदन कुरिराखेका छौँ

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

नागरिकको अधिकार बारे सजग गराउँदै कानूनको दायरामै ल्याएर काम गराउने तर्फ अग्रसर छौं

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाईले पत्रकार जियालाल साहलाई दिलाए धम्की

पौष, २० वीरगंज । सिधाकुरा डट कमका पर्सा संवाददाता...

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको...

सिफारिस

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको रजगज कुनै नौलो विषय हैन् । सिमानाकाबाट हुने अपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न...

बहुदरमाईमा १ करोड १९ लाखको चापाकलमा भ्रष्टाचार, नगरभसाबाट पुनः १ करोड ५० लाख बजेट बिनियोजन

कात्तिक, ९ वीरगंज । संघीयता कार्यन्वयनको एक चरण सकेर दोस्रो चरण चलिरहेको ढाई वर्ष हुन लाग्यो । आम नागरिकको प्रत्यक्ष जीवनसंग जोडिएको विकास निर्माणका...

२५ लाख मूल्य बराबरको चाँदीको गहनासहित दुईजना पक्राउ

वीरगंज, ९ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले २५ लाख मूल्य बराबरको १४ किलो चाँदीका गहनासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार बिहान ८ः०० बजेको...