समाचारजमुनिया खोला सखुवा पर्सौनी गाउँपालिका अन्तर्गत रहेको अध्यक्ष यादवको दाबी

जमुनिया खोला सखुवा पर्सौनी गाउँपालिका अन्तर्गत रहेको अध्यक्ष यादवको दाबी

बीरगञ्ज ५ पुष । सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव ले पत्रकार सम्मेलन गरी जमुनिया खोला सखुवा पर्सौनी गाउँपालिका अन्तर्गत रहेको ले पटेरवा सुगौली गाउँपालिकाले जथाभावी सिमाङ्कन गरी टेन्डर आह्वान गरेकोमा सो खारेज गर्नुपर्ने माग गरेका छन्।
आज नेपाल पत्रकार महासङ्घ प्रसाद शाखाको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सखुवा प्रसौनी गा.पा. वडा नं. १ मा रहेको जमुनिया खोला साविकको मधुवनमयवल गा.वि.स.मा अवस्थीत तथा हाल गाउँपालिका स्थापना भएपश्चात सो मधुवनमथवल गा.वि.स. सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. १ हुन गएको बताए । यसरी हेर्दा तत्कालिन मधुवनमथवल गा.वि.स सखुवा प्रसौनी गाउँपालिकामा समायोजन हुन गएकोले सो गा.वि.स. मा पर्ने सम्पूर्ण प्राकृतिक श्रोत साधनहरु स्वतः सखुवा प्रसौनी गाउँपालिकामा पर्ने भएको अध्यक्ष यादवले दाबी गरे।
उनले सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ मा पर्ने जमुनिया खोलाको टेण्डर पटेर्वा सुगौली गाउँपालिकाले आफूखुसी सिमा निर्धारण गरी मिति २०८० कार्तिक ३ गते गरेकोमा हाम्रो घोर आपति जनाएका छन्। सो टेण्डर बदर गरी सिमाँकन निर्धारण गरी मात्र टेण्डर गर्न जोडदार माग समेत अध्यक्ष यादवले गरेका छन।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता विषयमा गृह मन्त्रालयको प्रतिवेदन कुरिराखेका छौँ

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

नागरिकको अधिकार बारे सजग गराउँदै कानूनको दायरामै ल्याएर काम गराउने तर्फ अग्रसर छौं

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाईले पत्रकार जियालाल साहलाई दिलाए धम्की

पौष, २० वीरगंज । सिधाकुरा डट कमका पर्सा संवाददाता...

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको...

सिफारिस

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको रजगज कुनै नौलो विषय हैन् । सिमानाकाबाट हुने अपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न...

बहुदरमाईमा १ करोड १९ लाखको चापाकलमा भ्रष्टाचार, नगरभसाबाट पुनः १ करोड ५० लाख बजेट बिनियोजन

कात्तिक, ९ वीरगंज । संघीयता कार्यन्वयनको एक चरण सकेर दोस्रो चरण चलिरहेको ढाई वर्ष हुन लाग्यो । आम नागरिकको प्रत्यक्ष जीवनसंग जोडिएको विकास निर्माणका...

२५ लाख मूल्य बराबरको चाँदीको गहनासहित दुईजना पक्राउ

वीरगंज, ९ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले २५ लाख मूल्य बराबरको १४ किलो चाँदीका गहनासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार बिहान ८ः०० बजेको...