समाचारनेपाल बिएफएसआई समिट २०२३ सम्पन्न

नेपाल बिएफएसआई समिट २०२३ सम्पन्न

वीरगञ्ज, ८ पौष/ नेपाल बैंकिङ, फाइनान्स एण्ड इनस्योरेन्स इन्स्टिच्युट र पिएचडी चेम्बर अफ कमर्स एण्ड इनडस्ट्रीको इण्डिया–नेपाल सेन्टरले संयुक्त रूपमा “नेपाल बिएफएसआई समिट २०२३” को दोस्रो संस्करण शुक्रवार काठमाडौंमा सम्पन्न गरेको छ ।
एकदिवसीय कार्यक्रमको मुख्य उद्देश्य बैंकिङ आविष्कारका उत्कृष्ट अभ्यासहरू साझा गर्ने र भारत र नेपालबीचको आर्थिक सम्बन्धमा योगदान पु¥याउने वित्तीय क्षेत्रमा सहयोग र सहकार्यका क्षेत्रहरू अन्वेषण गर्ने रहेको थियो ।
पिएचडी चेम्बर–भारत–नेपाल केन्द्रका सेक्रेटरी अतुल कुमार ठाकुरले सम्मेलनको अध्यक्षता गर्दै नेपालले तरलता, भुक्तानी सन्तुलन, घट्दो माग, घट्दो निर्यात र आयात, न्यून औपचारिक क्षेत्रको रोजगारी, उच्च बसाइसराइ दर र सक्रिय नीतिगत उपायहरूको अभाव जस्ता आर्थिक समस्याहरूको सामना गर्दै आएकोमा यस शिखर सम्मेलनले एक महŒवपूर्ण नीति प्लेटफर्म प्रदान गरेको बताउनुभयो । उहाँले नेपाल बिएफएसआई शिखर सम्मेलन २०२३ ले यस क्षेत्रको अर्थतन्त्र पुनरूत्थान र आर्थिक वृद्धिलाई बढावा दिने अवसरको रूपमा काम गरिरहेको बताउनुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले दुर्ई पक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारले खेल्नु पर्ने भूमिका र सिमावर्ती क्षेत्रमा आइरहने कठिनाईको समाधान गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा दुवै देशका निजीक्षेत्रले सँगै काम गर्ने अवसरहरूको साझा संकल्प रहेको बताउनुभयो । उनले बैंकिङ आविष्कारका उत्कृष्ट अभ्यासहरू साझा गर्ने, वित्तीय क्षेत्रमा सहयोग र सहकार्यका क्षेत्रहरू अन्वेषण गर्ने र उदीयमान क्षेत्रीय र उपक्षेत्रीय सहयोगका अवसरहरूको खोजी गर्नुका साथै दुर्ई देशबीचको आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन शिखर सम्मेलनको उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल र नेपालका लागि भारतका पूर्व राजदूत मञ्जीव सिंह पुरी, बिएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय, पिचएडी चेम्बरका कार्यकारी निर्देशक डा. रञ्जित मेहता, बंगलादेशको केन्द्रीय बैंकका पूर्व गभर्नर डा. अतिउर रहमान र नेपाल राष्ट्र बैंकका बोर्ड सदस्य डा. रविन्द्र पाण्डे विशिष्ट वक्ताहरूका रूपमा रहनु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले ...

वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको...
neelambads

सिफारिस

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तार...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गर्दै स्थानीय नागरिकका गुनासा,...