समाचारभारतीय राजदूतद्वारा वीरगंजका उद्योगीसँग भेटघाट

भारतीय राजदूतद्वारा वीरगंजका उद्योगीसँग भेटघाट

वीरगंज, १६ माघ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत–नेपालको आर्थिक, सामाजिकलगायत द्विपक्षीय हकहित र चाहनाको विषयमा समस्या निकाल्ने मात्र नभई त्यसको समाधान पनि तत्काल खोज्नुपर्ने बताउनुभएको छ ।
मंगलवार वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा स्थानीय उद्योगी ब्यवसायीहरूले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले नेपालले उठाउने गरेका धेरै समसामयिक समस्याहरूको सुझाव र समाधानको उपायहरू आफूहरूले दिने गरेको बताउनु भयो । उनले भने, नेपालले गर्नुपर्ने र गर्नसक्ने धेरै कुरा छन् जुन नितान्त नेपालको हितमा छ । पहाडी क्षेत्रमा ट्रान्समिशन लाइन बिस्तार गर्न सकिएको छैन जसले गर्दा भारतमा विद्युत बेच्न बाधक बन्ने र नेपाललाइ दैनिक १० करोडसम्म नोक्सान हुन सक्छ । राजदूत श्रीवास्तवले जनकपुर–कुर्था रेल दक्ष जनशक्तिको अभावले क्षमता अनुसार चल्न नसकेको बताउनुभयो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले रक्सौल एयरपोर्ट सञ्चालन गर्न एकदम ढिलो भइसकेको बताउनुभयो । उहाँ रक्सौल रेलको गुणस्तर सुधार्न पनि जरूरी रहेको बताउनुभयो ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले राजदूत श्रीवास्तवसँग भारतीय नोट रू ५०० र २०० नेपालमा सञ्चालनका लागि आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारसँग पटकपटक भारु पाँच सय र २०० को नोट नेपालमा सञ्चालनको माग गर्दा पनि समस्याको सुनवाइ नभएको बताउनुभयो । प्रतिउत्तरमा भारतीय राजदूत श्रीवास्तवले भारु ५०० र २०० हजारको नोट नेपालमा नचल्नुमा भारत सरकारको दोष नरहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकले भारु २०० र पाँच सयको नोट निषेध गरेको बताउनुभयो ।
कार्यक्रममा ओमप्रकाश शर्मा, डा सुबोध गुप्तालगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको...

९ वर्षपछि संघीय निजामती सेवा ऐन संसदमा : मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

काठमाडौँ, असार १ । संविधान कार्यान्वयनको मेरुदण्ड मानिने...

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति...
neelambads

सिफारिस

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६ हजार हुण्डीको रकमसहित एक जना भारतीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाईकल सहित एकजनालाई पक्राउ गरिएको जनाएको छ । असार ७ गते ५ बजे वीरगंज महानगरपालिका...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । असार ७ गते राति...