मुख्य समाचारबिन्दबासिनीमा १३ करोड बढीको सोझै खरिदमा अनियमितता: बिलमा खर्च देखाई खाजा, चिया,...

बिन्दबासिनीमा १३ करोड बढीको सोझै खरिदमा अनियमितता: बिलमा खर्च देखाई खाजा, चिया, पानी तथा मसलन्दमा घोटाला

बिलमा खर्च देखाई खाना खाजामा घोटाला

वीरगंज, २ असोज । मुलुकमा संघियता अएपछि सिंह दरबारको अधिकार जनताको घर आङ्गनमा आएको भनिन्छ, संग–संगै अनियमितता र भ्रष्टाचारको चाङ पनि थुप्रिएको जनगुनासो भने कम छैन् । जुन अनियमितता र भ्रष्टाचारको चाङबाट मधेश प्रदेशस्थित पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका पनि अछुतो रहन सकेको छैन् । यस गाउँपालिकामा सार्वजनिक खरिद ऐन विपरित १३ करोड बढिको सोझै खरिद कार्य गरि अनियमितता भएको पाईएको छ ।

बिन्दबासिनी गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० मा प्रतिस्पर्धा बिनै सार्वजनिक खरिद ऐन विपरित १३ करोड बढिको सोझै खरिद कार्यमा अनियमितता भएको पाईएको हो । सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह सहितकाले कमिसनको सेटिङमा सार्वजनिक खरिद ऐन विपरित १३ करोड बढिको सोझै खरिद गरि विकासे बजेटको लाखौं रुपैयाँ कमिसनको नाममा भ्रष्टाचार गरेको स्थानीयको आरोप छ । जुन आरोपलाई महालेखा परिक्षक कार्यालयको प्रतिवेदनले समेत पुष्टि गरेको देखिन्छ ।

सार्वजनिक खरिद ऐन, २०६३ ले सार्वजनिक निकायले तोकेको सीमा भन्दा बढी खरिद गर्दा तोकिए बमोजिमको खरिद गुरुयोजना र बार्षिक खरिद योजना तयार गर्नु पर्ने व्यवस्था गरेको छ । यस्तै, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७ ले बार्षिक १० करोड भन्दा बढी रकमको बस्तु, निर्माण, परामर्श लगायतका खरिद गर्दा गुरुयोजना तयार गर्नु पर्ने नियम ८ ले बार्षिक १० लाख भन्दा बढीको खरिद गर्दा बार्षिक खरिद योजना बनाउनु पर्ने व्यवस्था छ । तर बिन्दबासिनी गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजु साह सहितकाले बिना प्रतिस्पर्धा सार्वजनिक खरिद ऐन विपरित पूँजीगत तर्फ १३ करोड ४ लाख ७६ हजारको विभिन्न बस्तु, निर्माण, परामर्श लगायत सोझै खरिद गरि लाखौं रुपैयाँ कमिसनमा सकाएको स्थानीय श्याम चौरसियाको आरोप छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८(२) मा खरिद गर्दा प्रतिस्पर्धा सिमित हुने गरि टुक्रा–टुक्रा पारी खरिद गर्न नहुने, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१(१) मा २० लाख रुपैयाँ भन्दा बढी लागत अनुमान भएको निर्माण कार्य, मालसामान वा जुनसुकै सेवा खरिद गर्नु पर्दा खुल्ला बोलपत्रको माध्यमद्वारा खरिद गर्नु पर्ने व्यवस्था छ । तर बिन्दबासिनी गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजु साह सहितकाले त्यस्तो कुनै प्रकृया नअपनाई १३ करोड बढिको विभिन्न बस्तु, निर्माण, परामर्श सेवा सोंझै खरिद गरि बिकासे बजेटको लाखौं रुपैयाँ कमिसनमा सकाएको स्थानीयको आरोपलाई मलेपको प्रतिवेदनले पुष्टि गरेको छ ।

बिलमा खर्च देखाई खाना खाजामा घोटाला

यस पालिकामा आर्थिक वर्ष २०७९/८० मा खाना, खाजा चिया, पानी लगायत विभिन्न कार्यक्रम भनेर विविध तर्फ बिलमा २४ लाख ८८ हजार रुपैयाँ खर्च देखाई लाखौ रुपैयाँ अनियमितता भएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नु पर्ने व्यवस्था छ । साथै आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ मा सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टि हुने बिल भर्पाई प्रमाण र कागजात संलग्न हुनु पर्ने व्यवस्था छ । तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह सहितको मिलेमतोमा खाना, खाजा चिया, पानी लगायतको विभिन्न कार्यक्रम शिर्षकमा बिलमा मात्र २४ लाख ८८ हजार खर्च देखाई लाखौं रुपैयाँ भ्रष्टाचार भएको स्थानीय सुदिप चौरसियाको आरोप छ ।

विविध खर्च गर्दा खर्चको बिल भरपाई पेश भए तापनि कतिपय खर्चका बिल भरपाई साथ सो कामसंग सम्बन्धीत निर्णय सहितका खर्च पुष्टि हुने प्रमाण संलग्न गर्ने गरेको नदेखिएको मलेपको प्रतिवेदनमा उल्लेख छ । यसले समेत अधिकृत राजु साह सहितको संयुक्त मिलेमतोमा खाजा, खाना चिया, पानी लगायतको शिर्षकमा बिलमा मात्र खर्च देखाई लाखौं रुपैयाँ भ्रष्टाचार भएको स्थानीयको आरोप नकार्न सकिदैन् । विविध खर्चको स्पष्ट उदेश्य र खर्चको यथार्थता प्रमाणित हुने प्रमाण समेत खर्च साथ राखेर खर्च नगरेकोले विविध खर्चको नाममा बिलमा मात्र खर्च देखाई लाखौं रुपैयाँ घोटाला गरिएको भन्दा फरक पदैन् ।

मसलन्द तथा कार्यालय सामग्री खरिदमा भ्रष्टाचार

यस पालिकामा कार्यालय संचालनको लागी मसलन्द तथा कार्यालय सामग्रीको नाममा ३५ लाख रुपैयाँ खर्च देखाई अनियमितता भएको छ । पालिका संचालनको लागी वर्ष भरीमा आवश्यक पर्ने सामानको बर्गीकरणको विवरण बनाई सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान बमोजिम प्रतिस्पर्धात्मक तवरले खरिद गर्नु पर्नेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतकाले पटक पटक बजारबाट सोझै खरिद गरि मसलन्द तथा कार्यालय सामग्रीमा ३५ लाख २३ हजार बढि खर्च देखाई अनियमितता गरेका छन् ।

गाउँपालिकाले विभिन्न बस्तु, मालसामान सेवा खरिद गर्दा आपूर्तिकर्तासंग कसिमनको सेटिङ्गमा वास्तविक लागत भन्दा बढी खर्च देखाई विकासे बजेटलाई कमिसनमा सिध्याई भ्रष्टाचार गरेको स्थानीयको आरोप छ । जुन पालिकाले सामानको आवश्यकता तथा परिमाण सुरुमा नै निश्चित नगरि सार्वजनिक खरिद ऐन विपरित टुक्रा–टुक्रा पारि सोझै खरिद गरेको कार्यले समेत खरिद कार्यमा भ्रष्टाचार भएको नर्कान सकिदैन् । अधिकृत राजु साहले मसलन्द खरिद कार्यका लागि बजेट टुक्रा–टुक्रा पारी खर्च गरेका छन् । जबकी यस्ता खरिद कार्य लागत अनुमान तयार गरि एकमुष्ट रुपमा बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्नेमा ऐन नियमावलीको व्यवस्था पालना नगरि टुक्रा–टुक्रा पारि फरक फरक आपूर्तिकर्ताबाट दररेट माग गरेर सोझै खरिद गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहसंग प्रतिक्रिया लिन पटक पटक फोन गर्दा सम्पर्कमा आएनन् । नागरिकको आफ्नै आँगनको सरकारका रूपमा रहेको स्थानीय सरकारले नै कानून विपरीतका कार्य गर्ने हो भने, नागरिकले सुशासनको प्रत्याभूत कसरी गर्छन् ? भन्ने प्रश्न यतिबेला बिन्दबासिनी गाउँपालिका तर्फ तेर्सिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले ...

वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको...
neelambads

सिफारिस

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तार...

सुशासनको डँका, अव्यवहारीक खर्चको चाङ ?, मेयरसापले खाए एक वर्ष मै १९ लाखको खाजा र खाना

असार, १६ वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आर्थिक वर्ष २०८०/८१ मा पुजन होटलबाट मात्र १९ लाख रुपैयाँभन्दा बढीको खाना र खाजा खाएका...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज...