अन्तर्वार्ता/विचारचाडपर्व लक्षित दूर्घटना न्यूनिकरणका लागि मधेश ट्राफिक प्रहरी सक्रिय छ: ट्राफिक प्रमुख...

चाडपर्व लक्षित दूर्घटना न्यूनिकरणका लागि मधेश ट्राफिक प्रहरी सक्रिय छ: ट्राफिक प्रमुख बोगटी

वीरगंज, १८ असोज । सडक संजाल र सवारी साधनको प्रचुरताले मानिसलाई सहज त भएको छ । तर सवारी साधन चलाउने नियमलाई पूर्ण रुपले सबै चालकले पालना गरेको पाईदैन् । शहरबजारमा त अझ सवारी चाप हुने साँघुरा गल्ली सडक र मानिसको बाक्लो उपस्थिति समस्याको रुपमा पनि देखिने गरेको छ । पछिल्लो समय बजार क्षेत्रमा मात्रै नभई ग्रामिण भेगका पनि ठाउँ–ठाउँमा भिडभाड बढ्न थालेको छ । यस्तो समयमा ट्राफिक व्यवस्थापन दुर्घटना न्यूनिकरणमा मधेश प्रदेशको ट्राफिक प्रहरी कार्यालयले कस्तो व्यवस्थापन गर्दैछ ? अझ नेपालीहरुको महान चाडपर्व सुरु भईसकेको समयमा मधेश प्रदेश अन्तर्गतको ट्राफिक प्रहरी कसरी अगाडी बढिरहेको छ भन्ने सवालमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) भिम किरण बोगटीसंग राष्ट्रिय फण्डा डटकमको लागि बलिराम यादवले गरेको कुराकानीको सम्पादित अंश जस्ताको त्यस्तैः

चार्डपवको बेला मधेश प्रदेश प्रदेशको ट्राफिक व्यवस्थापन व्यवस्थित बनाउन के उपाय खोजिदैछ ?

दशै, तिहार र चार्ड पर्व लक्षित नै मधेश प्रदेशमा ७८० जना भन्दा बढी ट्राफिक प्रहरी खटाईएको छ । पहिलो चरणमा मधेश प्रदेशको ७० ठाउँमा नागरिक सहायता कक्ष अर्थात सर्वसाधारण यात्रु श्रद्धालुहरुलाई पर्न सक्ने समस्यालाई समाधानका लागि नागरिक सहायता राखिएको छ । लागु पदार्थ, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरुलाई कारबाहीका लागि विभिन्न ठाउँहरुमा ट्राफिक प्रहरीको टोली परिचालन गरिएको छ । विभिन्न मठ, मन्दिर र भिडभाडलाई नै नियन्त्रण गर्नको लागि ट्राफिक प्रहरी परिचालन गरेका छौं । चाडपर्व लक्षित सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्ने वा बढी भाडा लिनेलाई कानूनी दायरामा ल्याई हदैसम्म कारबाही गर्न ट्राफिक प्रहरी प्रतिबद्ध छ । यात्रु सहायता कक्ष संचालन, चालक परिचालक लक्षित स्वास्थ्य शिविर, लामो तथा छोटो दूरीका चालकहरुलाई सम्मान कार्यक्रम र No Voilation No Penalty  लेखिएका स्टिकर टासेर कार्यक्रम गरिदैछ ।

तसर्थः विभिन्न किसिमका दुर्घटना न्यूनिकरणका लागि उपाय सम्बन्धी चिन्ह्को संकेत जडान गर्ने, सचेतना कार्यक्रमलाई संग–संगै लैजाने अभियानलाई तिब्रता दिईएको छ । ठुला गाडीहरुलाई साँघुरो ठाउँ वा जथाभावी पार्किङ्ग नगर्न सुझाव दिदै आएका छौं । पुल, उकालो, ओरालो ठाउँमा कसरी दुर्घटना हुन्छ भने बारे हामीले टिप्स दिई सचेत गराउने काम गर्दै आएका छौं ।

शहरी क्षेत्रमा हुने ट्रामको समस्यालाई न्यूनिकरण गर्न थप के योजना बनाईएको छ ?

विशेष गरेर शहरी क्षेत्रमा हुने ट्राफिक जामको समस्यालाई न्यूनिकरण गर्न स्थानीय सरकारसंग समन्वय गरेर कतिपय ठाउँमा ‘वन व’ को व्यवस्था गरेका छौं । तसर्थः पार्किङ्ग व्यवस्था सहित भिडभाड र जाम हुने ठाउँमा स्थानीय सरकार सहित सरोकारवाला विभिन्न निकायहरुसंग सहकार्य गर्दै शहरी क्षेत्रमा हुने ट्राफिक जामको समस्या सामाधानका लागि ट्राफिक प्रहरी सक्रिय छ ।

मधेश ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्न के कस्तो पहल गरेको छ ?

ट्राफिक प्रहरीको कामै हो सवारी साधन, पैदल यात्री व्यवस्थापन गर्ने र दुर्घटना न्यूनिकरण गर्ने । ट्राफिक व्यवस्थापन भएन भने दुर्घटना हुन्छ । ठाउँ–ठाउँमा ट्राफिक चिन्ह्को संकेत जडान लगायतका सचेतना कार्यक्रम निरन्तर हुँदै आएको छ । मधेश प्रदेशको जिल्लाहरुबाट खटिएका ट्राफिक प्रहरीले विभिन्न ठाउँमा चालकलाई रोकेर दुर्घटना सम्बन्धी विभिन्न फैलाउने काम गर्दै आएको छ । जस्तै, मोटरसाईकल दुर्घटना किन हुन्छ ? हेल्मेट नलगाएको, लगाए पनि फिता नलगाएको, दुई जनाको सट्टा तीन जना चढ्नु, दुई सवारीको बिचमा छिराएर भलाउन वा लागु पदार्थ, मादक पदार्थ सेवन गरि अनियन्त्रित तरिकाले तेज गतिमा चलाउने आदी कारण हुन । यी सबै विषयमा बेला बखत विद्यायलय, सडक पेटी लगायत ठाउँ–ठाउँमा सचेतना फैलाउँदै आईएको छ ।

ट्राफिक व्यवस्थानका चुनौती र सम्भावना के छन् ?

ट्राफिक नियम उलंघन गरेर सवारी साधन चलाउने चालकहरुसंग चुनौती छ । खासगरि मोटरसाईकलमा तीन जना बसेर चलाउने, लागु पदार्थ, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र सावरी क्षमताभन्दा बढी यात्रु बोकेर गाडी चलाउनेसंग चुनौती छ । तर त्यसता गर्नेलाई कारबाही गर्दै ट्राफिक नियमको बारेमा जानकारी दिदै सचेत गराउँदै आईएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू...

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन...

मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

वीरगंज, २४ जेठ । वीरगंज महानगरपालिकाको मुर्लीचोक नजिक मोटरसाइकलको...

गोठबाट भन्सार छली चकलेट बरामद

वीरगंज २३ जेठ । भारतबाट अवैध रूपमा भित्र्याइएका चकलेट,...
neelambads

सिफारिस

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले मंगलवार वीरगंज–१६ नगवा र नकटुवा गाउँमा छापामारी विद्युत् चुहावट गर्नेहरुमाथि कारबाही गरेको छ ।...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि प्रदर्शन गरेका छन् । ...