राष्ट्रियबारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको रजगज कुनै नौलो विषय हैन् । सिमानाकाबाट हुने अपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न नेपाल सरकारले ठाउँ–ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेको छ । तर भारतसंग जोडिएको बाराको सिमानाकाहरुबाट भने सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी धन्दा मौलाएको छ ।

भारतसंग जोडिएको बाराको सिम्रौनगढ, कवहीगोठ, मटिअर्वा, छवता बरैनिया लगायतका नाकाहरुबाट सशस्त्र प्रहरी बल बाराका एसपी सन्तोष बहादुर सिंहको संरक्षणमा तस्करी भईरहेको पाईएको छ । यी नाकाहरुको प्रयोग गरि लत्ताकपडा, औषधी, काजु, प्याज लगायत दैनिक उपभोग्य विभिन्न किराना सामान, हार्डवेयर, मोबाईल र मोबाईल पार्ट, कम्पयूटर पार्टस, कबाडको नाममा जनावरहरुकोे हड्डी, रक्सी लगायतका सामानहरुको तस्करी भईरहेको छ । बाराको सिम्रौनगढ, कवहीगोठ, मटिअर्वा, छवता बरैनिया लगायतका नाकाहरुबाट तस्करी गर्ने तस्कर समूहसंग सशस्त्र प्रहरी बल बाराका प्रहरी उपरिक्षक (एसपी) सन्तोष बहादुर सिंहले सिमानाकामा तैनाथ बिओपी इन्चार्जदेखी गणका प्रहरी संगठनकै कर्मचारीहरुलाई अघोषित घुमुवाको रुपमा परिचालन गरि तस्करी वापतको रकम असुल्ने गरेको स्रोतले जनाएको छ ।

भारतबाट अवैध रुपमा भित्रियाईने सामानहरु एसपी सिंहकै संरक्षणले बाराको कलैया बजार, सिम्रौनगढ, जितपुर, सिमरा, चन्द्रनिगाहपुर लगायतको ठाउँसम्म जाने गरेको छ । तस्करहरुसंग सशस्त्रका एसपी सिंहको साटघाँट भएपछि आर्थिक नजराना बुझी सिमानाकामा तैनाथ बिओपी इन्चार्जले समेत तस्करी धन्दालाई सघाउने गरेको बताइन्छ ।

बारा जिल्लाबाट अहिले सतरुधन, मनाङ मियाँ लगायतका तस्कर समूह कपडाको तस्करी गरिरहेका छन् भने मुकेश यादव र रामअयोध्या तस्कर समूहले कपडा र हार्डवेयरको तस्करी गर्ने लाईन पाएका छन् । बाराकै बेलदारी र पिपरपाती नाकाबाट कपडाको तस्करी गर्ने मिश्रिलाल, लालबाबु र खेना लगायतका तस्कर समूह सक्रिय भएको बताईन्छ । यस्तै, छतवा बरैनिया, बलिरामपुर मुस्हर्वा नाकाबाट शेखावत, मुन्ना, अनिल, जयलाल लगायतका तस्करहरु कपडा, प्याज, काजुको तस्करी गर्दै आएका छन् ।

यी तस्कर समूहले बाराको विभिन्न नाकाहरुबाट दिउँसो र मध्यरातको समयमा मोटरसाईकल, तथा भरियामार्फत तस्करी गर्दै आईरहेका छन् । कुनै कुनै बेला रातीको समयमा पिकपअबाट समेत आयात गर्ने गरेको स्रोतको दाबी छ ।

सशस्त्र प्रहरी बल बाराका एसपी सन्तोष बहादुर सिंहले कुनै नाकाबाट तस्करी नचलेको दाबी गरे । तर उनले भने विओपी ईन्चार्जदेखी प्रहरी संगठनकै कर्मचारीलाई परिचालन गरि तस्करी वापतको असुली गर्दै आएको स्रोतको दाबी छ ।

सशस्त्र प्रहरी बल मधेश प्रदेशका डिआईजी कालिदास धौबजीले बेला बखत छडके अनुगमन गरिरहेको बताए । जानकारी आएपछि आफूहरु थप रणनीति अपनाएर अगाडी बढ्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले ...

वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको...
neelambads

सिफारिस

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तार...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गर्दै स्थानीय नागरिकका गुनासा,...