समाचारमानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

वीरगंज, २ फागुन । मानव बेचबिखन कार्यमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय, पर्साले दुईजनालाई पक्राउ गरेको छ । बिहीवार वीरगंज महानगरपालिका–१५ स्थित होटलहरुमा प्रहरीले चेकजांच गर्ने क्रममा मानव बेचबिखन कार्यमा संलग्न रहेको भन्दै वीरगंज–१६ बस्ने वर्ष ४५ को गिनीलाल गुप्ता र भारत, बिहार पूर्वी चम्पारण, नकरदेही, भवानीपुर–६ बस्ने वर्ष ४० को प्रकाश साहलाई पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी गराए । प्रहरीले सो स्थानका होटल स्मार्टबाट दुई जना र न्यू शान्ति सैनिक होटलबाट दुई जना गरी चारजना महिलाहरुको उद्धार गरेको छ । उद्धार गरिएका महिलाहरुका अनुसार साह र गुप्ताले होटलमा आएका ग्राहकहरुसंग शारीरिक सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा प्रहरीले पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका दुवैजनामाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू...

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन...

मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

वीरगंज, २४ जेठ । वीरगंज महानगरपालिकाको मुर्लीचोक नजिक मोटरसाइकलको...

गोठबाट भन्सार छली चकलेट बरामद

वीरगंज २३ जेठ । भारतबाट अवैध रूपमा भित्र्याइएका चकलेट,...
neelambads

सिफारिस

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले मंगलवार वीरगंज–१६ नगवा र नकटुवा गाउँमा छापामारी विद्युत् चुहावट गर्नेहरुमाथि कारबाही गरेको छ ।...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि प्रदर्शन गरेका छन् । ...