समाचारसमाज विकासका लागि नागरिक सतर्कता आवश्यक छ : मुख्यमन्त्री सिंह

समाज विकासका लागि नागरिक सतर्कता आवश्यक छ : मुख्यमन्त्री सिंह

जनकपुर, ४ फागुन : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समाजमा विद्यमान बेथिति, विसङ्गति र विकृत निर्मूल गर्न नागरिकले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नागरिक दायित्व निर्वाह भएपछि मात्र राजनीतिक नेतृत्व र कर्मचारी नियन्त्रित तथा कर्मठ हुने उहाँले प्रस्ट्याउनुभयो ।
नेपाल रिपब्लिक मिडियाद्वारा ‘म नागरिक, म बनाउँछु नेपाल’ अभियानअन्तर्गत जनकपुरधाममा आज आयोजना गरिएको बहस कार्यक्रमको आरम्भमा मुख्यमन्त्री सिंहले नागरिकको सजगता, सतर्कता र संवेदनशीलता अभावमा शिक्षा, स्वास्थ्यजस्ता क्षेत्र अस्तव्यस्त बनेको बताउनुभयो । उहाँले अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालनमा रहेका अस्पताल, विद्यालयलगायतका संस्थाका विषयमा सेवाग्राही नागरिकले ती ठाउँ नियम तथा मापदण्डअनुसारका सेवासुविधा प्रवाह गरे वा नगरेका विषयमा जानकारी लिन थालेपछि सुधार सम्भव हुने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री सिंहले आफूले अनुगमन गरेका अस्पतालमा पूर्वाधार नपुगेको, अत्यावश्यक जनशक्ति तथा उपकरण नरहेका र फोहरमैला राम्ररी व्यवस्थापन नभएका पाइएको भए पनि तिनमा बिरामीको अत्यधिक चाप रहेको तर सेवासुविधाको गुणस्तर कायम हुने गरी मापदण्ड पु¥याएका अस्पतालमा बिरामी धेरै थोरै भर्ना हुने गरेको अवस्था रहेको बताउनुभयो । कमिसनका लागि त्यस्ता अस्पतालमा बिरामी पु¥याइँदा सो अवस्था आएको भन्दै उहाँले विगतमा ‘कमिसन एजेन्ट’ बनेका एम्बुलेन्स चालकले अस्पताल सञ्चालन गरिरहेका बताउनुभयो ।
अस्पताल जाँदा त्यसको वैधताबारे जिज्ञासा राख्नुपर्ने तथा सेवासुविधाबारे नागरिकले सोधपुछ गर्नुपर्ने मुख्यमन्त्री सिंहको भनाइ थियो । उहाँले गुणस्तरीय सेवा र सुविधाको आशामा वैधता नरहेका अस्पतालमा जाँदा त्यसअनुसारको उपचार नपाउने गरेको उल्लेख गर्दै त्यसभन्दा उत्तम सरकारी अस्पतालमै उपचार गराउनुरहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा व्यवस्थापन समितिको काम अपेक्षित तथा प्रभावकारी नभएको, शिक्षकले पठनपाठनमा ध्यान नदिएको, विद्यार्थी शिक्षकको नियन्त्रणमा नरहेको, शिक्षक र विद्यार्थीको अनुपात नमिलेको समस्या रहेको भन्दै निजी विद्यालयको गुणस्तर राम्रो नभएको औँल्याउनभयो ।
मुख्यमन्त्री सिंहले भन्नुभयो, “विद्यार्थीले प्राप्त गर्ने परिणाम सन्तोषजनक छैन । त्यसैले निजी विद्यालयको गुणस्तर राम्रो भएको मान्न सकिँदैन ।” निजी विद्यालयमा योग्य मापदण्डअनुसार शिक्षक नरहेका र एउटै शिक्षकले धेरै विद्यालयमा पढाउनुपर्ने भएकाले ४० मिनेटको घन्टी ३० मिनेटमा झारिएको जस्ता समस्या रहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री सिंहले देश, प्रदेश र पालिका बनाउने जिम्मेवारी राजनीतिकर्मी र कर्मचारीको मात्र नभएर नागरिकको समेत भएकाले एकअर्कालाई निषेध र दोषारोपण गर्नुभन्दा सहकार्यका आधारमा समाज निर्माणमा सबैले योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले जनकपुरधाममा एकाबिहानै फोहरमैला सङ्कलन गर्ने गरि पनि बजारका पसले, घरबेटी र टोलछिमेकका व्यक्तिले ‘डस्टविन’मा फोहर नराखी कुनाकाप्चामा फ्याँक्ने गरेको पाइएको बताउनुभयो । त्यस कार्यले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक गरिमा घटेको उहाँको भनाइ थियो । मुख्यमन्त्री सिंहले गलत, झुट, चोरीडकैती आदिबाहेक कुनै पनि कार्य सानो नहुने भन्दै कृषिलगायतका उत्पादनशील काम अप्ठ्यारो नमानी सबैले गर्नुपर्ने सुझाउनुभयो । रासस
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...
neelambads

सिफारिस

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पाँचवटा मोटरसाईकलसहित पक्राउ गरेको जनाएको छ । विभिन्न मिति,...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ...