राष्ट्रियआगामी तीन वर्षभित्रमा भूमिहीन सुकुम्बासीको समस्या समाधान गरिने

आगामी तीन वर्षभित्रमा भूमिहीन सुकुम्बासीको समस्या समाधान गरिने

१४ फागुन, काठमाडौं । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आगामी तीन वर्षभित्रमा भूमिहीन सुकुम्बासीको समस्या समाधान गरिने बताउनुभएको छ । भूमि समस्या समाधान आयोग तनहुँ र बन्दीपुर गाउँपालिकाको सहकार्यमा आज बन्दीपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष रिजालले विसं २०८४ असोजभित्र नेपालका सबै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानमा नै हरेक नेपालीको भूमिसम्बन्धी अधिकार उल्लेख छ । हामी सबै भूमिहीन र सुकुम्बासीलाई जग्गाको मालिक बनाउँछौँ ।”

जनप्रतिनिधिले सक्रियतापूर्वक काम गरेको खण्डमा आयोगको कामले पूर्णता पाउने उहाँको भनाइ थियो । जनताका समस्या जनप्रतिनिधिलाई थाहा हुने बताउँदै उहाँले आयोगको कामलाई प्रभावकारी बनाउन जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा आयोगका केन्द्रीय विज्ञ सदस्य डा जगत बस्नेतले आयोगको कार्यविधिका बारेमा प्रकाश पार्नुभयो । सो अवसरमा आयोगका केन्द्रीय सदस्य आरती भण्डारी, अनिलकृष्ण प्रसाइँले आयोगले गरेका कामको बारेमा जानकारी गराउनुभयो ।

आयोगका तनहुँ अध्यक्ष गोविन्द सिलवालले जुनसुकै पार्टीबाट आयोगमा प्रतिनिधित्व भए पनि आफूहरूको मुख्य काम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने रहेको बताउनुभयो ।

आयोगले तनहुँमा २६ हजार एक सय १७ भूमिहीनको लगत सङ्कलन गरेको छ । आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका दश स्थानीय तहका २६ हजार एक सय १७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी छ हजार ७७३ कित्तामा नाप नक्शा भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार ६२४ हेक्टर क्षेत्रफलको नाप नक्शा सकिएको छ । व्यास नगरपालिकामा सात हजार ४३, भानु नगरपालिकामा तीन हजार तीन सय १७, शुक्लागण्डकी नगरपालिकामा चार हजार चार सय तीन, देवघाट गाउँपालिकामा दुई हजार तीन सय ४४, भिमाद नगरपालिकामा एक हजार आठ सय ६१, ऋषिङ गाउँपालिकामा एक हजार चार सय ३९, घिरिङ गाउँपालिकामा एक हजार पाँच सय २०, म्याग्दे गाउँपालिकामा एक हजार दुई सय ६७, आँबुखैरेनी गाउँपालिकामा ८९३ र बन्दीपुर गाउँपालिकामा दुई हजार ३० भूमिहीनको लगत सङ्कलन भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १...

‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक

वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले...

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...
neelambads

सिफारिस

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान...