समाचारमोटरसाइकल चोरीको अभियोगमा तीनजना पक्राउ

मोटरसाइकल चोरीको अभियोगमा तीनजना पक्राउ

वीरगंज, १३ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको जनाएको छ । जेठ ८ गते राति ११ः०० बजेको समयमा बिहेको जन्ती गएको अवस्थामा जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं.९ बाट वीरगंज महानगरपालिका वडा नं.२१ ताजपुर बस्ने वर्ष ५४ को राजदेव महतोको नाममा दर्ता रहेको ना.५४ प ३८७७ नम्बरको मोटरसाइकलको चोरी भएको थियो । इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा खोजतलास लागि महतोले निवेदन दिएपछि उक्त मोटरसाइकल जेठ १० गते जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं.४ स्थित सडकखण्डबाट बेवारिसे अवस्थामा फेला परेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दै जाँदै तीनजना युवकले चोरी गरी लगेको खुल्न आएपछि जिल्ला पर्सा पोखरिया न.पा.वडा नं.४ बस्ने वर्ष १९ को रितिक गिरी, वर्ष २१ को राम बिश्वास कुमार राम, वर्ष १९ को कृष्ण महतो नुनियालाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेकाहरू विरूद्ध इलाका प्रहरी कार्यालय पोखरियामा चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...
neelambads

सिफारिस

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पाँचवटा मोटरसाईकलसहित पक्राउ गरेको जनाएको छ । विभिन्न मिति,...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ...