समाचारनेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेड विजयी

नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेड विजयी

बुधबार, २७ मङ्सिर काठमाडौँ । विवादित बनेको पेनाल्टी गोलबाट वीरगञ्ज युनाइटेडले नेपाल सुपर लिग(एनएसएल) मा बुधवार पहिलो जित निकालेको छ ।
दशरथ रंगशालामा भएको पुछारका दुई टोलीबीचको भिडन्तमा खेलको इन्जुरी समयमा पाएको पेनाल्टीबाट डेब्युटेन्ट टोली वीरगञ्जले स्पोर्टिङ इलाममाथि २–१ को जित निकाल्दै जारी दोस्रो सिजन पहिलो तीन अंक बटुलेको हो । खेलका रेफ्री कविन ब्यन्जनकारले स्पोर्टिङ इलामका सुरज बस्नेतले फउल गरेको भन्दै वीरगञ्जलाई पेनाल्टी अवसर दिएका थिए । त्यससँगै इलामका गोलकिपर विकेश कुथू र उनको टोली आक्रामक बने । तनावपूर्ण बनेको खेलमा ९३ औं मिनेटमा पाएको सो पेनाल्टीमा विलियम ओपोकुले गोल गर्दै वीरगञ्जलाई रोमाञ्चक जित दिलाए ।
रेफ्री कविनले अन्तिम सिट्ठी फुकेसँगै इलामका टोली नै रेफ्रीमाथि जाइलागे । त्यस क्रममा गोलकिपर कुथूले रातो कार्ड सामना गरे । इलामको टोलीको आक्रमण शान्त बनाउन खेलमा रहेका सुरक्षाकर्मीलाई नै हम्मेहम्मे प¥यो । स्पोर्टिङ इलामले अग्रता जोगाउन नसक्दा बुधवार वीरगञ्जसँग हारको सामना गर्नुपरेको हो । यो जितसँगै वीरगञ्ज पाँच खेलबाट पाँच अंक बटुल्दै इलामलाई नै पछि पारेर आठौं स्थानमा उक्लियो । स्पोर्टिङ इलाम भने ६ खेलबाट चार अंकसहित पुछारमा झ¥यो । स्पोर्टिङ इलामले एक जित, एक बराबरी र चार हार सामना गरेको छ ।
त्यसअघि खेलको पहिलो आक्रमणमा नै स्पोर्टिङ इलामले आशिष चापागाईको गोलबाट अग्रता लियो । डिफेन्डर सुरज बस्नेतले दिएको लामो पास नियन्त्रणमा लिएका आशिषले पेनाल्टी क्षेत्रबाटै उत्कृष्ट गोल गरे । १८ औं मिनेटमा फोडे क्यामराले करिब १२ यार्डबाट गोल गर्न सकेनन् । अनमार्क रहेका उनको प्रहार आकासियो । दुई मिनेटपछि नै ओमार थियोमको सट पनि पोस्टको दिशा लिन असफल भयो । २१औं मिनेटमा वीरगञ्जले आक्रमण बुने पनि त्यो सफल हुन सकेन । वीरगञ्ज ३३औं मिनेटमा बिसन गुरुङको गोलबाट खेलमा फर्कियो ।
सुशील लामाको लामो पास नियन्त्रणमा लिने क्रममा उनले अफसाइड बिट गर्दै पेनाल्टी क्षेत्रबाटै गोल गरेका हुन् । चार मिनेटपछि नै सुशील लामाको लामो प्रहार इलामका गोलकिपर विकेश कुथुका लागि समस्या बनेनन् । त्यससँगै पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा राम्रो अवसर सिर्जना हुन ७१ औं मिनेट पर्खनुप¥यो । विलियम ओपोकुको पेनाल्टी बक्स भित्रबाट गोल गर्ने अवसर खेर फाले । उनको प्रहार दोस्रो बार हुँदै बाहिरियो । इन्जुरी समयमा विलियम ओपोकुको पेनाल्टी गोलबाट वीरगञ्जले २–१ रोमाञ्चक जित निकाल्यो ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...
neelambads

सिफारिस

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पाँचवटा मोटरसाईकलसहित पक्राउ गरेको जनाएको छ । विभिन्न मिति,...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ...