समाचार‘नेपाल–भारतबीच सम्बन्ध थप सुदृढ गर्न र साझा अवसरहरूको लाभ लिन आवश्यक’

‘नेपाल–भारतबीच सम्बन्ध थप सुदृढ गर्न र साझा अवसरहरूको लाभ लिन आवश्यक’

काठमाडौँ, १४ फागुन : प्रतिनिधिसभाअन्तरगतको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले नेपाल–भारतसम्बन्ध सुदृढ गर्न र साझा अवसरको लाभ लिन सहकार्यको आवश्यकता रहने बताउनुभएको छ ।
भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारतसम्बन्ध, छिमेकी कूटनीति र बुद्धका उपदेशको सान्दर्भिकता’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, र जनस्तरको सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।
“नेपाल र भारतबीच शताब्दीयौँदेखि सभ्यतागत सम्बन्ध छ । जसलाई साझा इतिहास, परम्परा, धर्म, विश्वास, र जनस्तरको सम्बन्धले परिभाषित गर्छ । यी साझा विशेषताहरूले हामीलाई इतिहास र संस्कृतिसँग जोडिएका अवसरलाई मूर्तरूप दिन मात्र होइन, द्विपक्षीयसम्बन्ध सुदृढ पार्दै क्षेत्रीय सहकार्यमार्फत साझा समृद्धि हासिल गर्ने अवसर प्रदान गर्छ”, सभापति यादवले भन्नुभयो ।
उहाँले नेपाल–भारतको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्न बौद्ध, रामायण र महाभारत सर्किटजस्ता धार्मिक पर्यटन मार्गहरूको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । दुई देशबीच भौतिक र डिजिटल सम्पर्कमा विस्तार, आर्थिक र क्षेत्रीय सहकार्यलगायत विषयमा आफ्नो धारणा पूर्वमन्त्री यादवले दक्षिण एसियामा साझा समृद्धि र शान्तिका लागि नेपाल–भारतको सहकार्यलाई थप बलियो बनाउन आह्वानसमेत गर्नुभयो ।
बोधगया र लुम्बिनीलाई जोडेर बौद्ध सर्किट बनाउने, अयोध्या र जनकपुरलाई समेटेर रामायण सर्किट विस्तार गर्ने तथा पाण्डवहरूसँग सम्बन्धित स्थानलाई समेटेर महाभारत सर्किट प्रवद्र्धन गर्ने योजनालाई मूर्त रूप दिइनुपर्ने उहाँको भनाइ छ । त्यस्तै, सीमापार रेल, सडक, पेट्रोलियम पाइपलाइन र ऊर्जा प्रसारणलाइनजस्ता पूर्वाधार परियोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने पनि सभापति यादवको भनाइ छ ।
नेपाल–भारतबीच डिजिटल भुक्तानी प्रणालीमा सहकार्य तथा अन्तरआवद्धताको विषय पनि उहाँले उठाउनुभयो । त्यस्तै, भारतबाट नेपालमा जलविद्युत्, उद्योग, र पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै उहाँले त्रिपक्षीय ऊर्जा सम्झौताले क्षेत्रीय सहकार्यको ढोका खोलेको बताउनुभयो ।
“यी साझा अवसरको लाभ लिन दुवै देशले पर्याप्त प्रयास गर्न आवश्यक छ । यी पहललाई व्यावहारिक रूपमा सफल बनाउन प्रतिबद्धता चाहिन्छ”, उहाँले भन्नुभयो, “भौतिक र डिजिटल सम्पर्क हाम्रो सहकार्यको प्रमुख आधार हुनुपर्छ, किनभने तिनिहरू आर्थिक वृद्धि, सामाजिक प्रगति, र क्षेत्रीय स्थिरताका लागि महत्त्वपूर्ण छन् ।”
सार्क, विमस्टेक, बिबिआइएनजस्ता क्षेत्रीय मञ्चहरूको प्रभावकारी प्रयोग गर्दै नेपाल–भारत सम्बन्धलाई मात्र नभइ सम्पूर्ण दक्षिण एसियाली क्षेत्रलाई समृद्ध बनाउने दिशामा काम गर्न उहाँले आग्रह गर्नुभयो । रासस
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...
neelambads

सिफारिस

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पाँचवटा मोटरसाईकलसहित पक्राउ गरेको जनाएको छ । विभिन्न मिति,...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ...