समाचारछुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौँ, ७ वैशाखः मुलुकका विभिन्न जिल्लामा सवारी दुर्घटना, डुबेर र करेन्ट लागेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । ललितपुर, कपिलवस्तु, ताप्लेजुङ, बैतडी, सुनसरी, बर्दिया, सुर्खेत, कञ्चनपुर, सिरहा र बाँकेमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा बागमती प्रदेश ०१–००३ क ८७३० नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानका राजन सञ्यालका दुई वर्षीय छोरा प्रजन सञ्यालको घटनास्थलमा मृत्यु भएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कपिलवस्तुको बुद्धभूमी नगरपालिका–१ टिक्करमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल सोही स्थानका ६० वर्षीय गौतम केसी तथा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ चाँगामा मे १त ७७५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही स्थानका २८ वर्षीय भुछिरिङ शेर्पाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बैतडीको डिलासैनी गाउँपालिका–६ बाङ्गबगरमा गोकुलेश्वरबाट पन्ज्युनयातर्फ जाँदै गरेको बसबाट खसेर दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २७ वर्षीय विष्णुराज भट्ट, सुनसरीको इटहरी उपमहानगरपालिका–२० पानीपियामा कार अनियन्त्रित भई दुर्घटना हुँदा इटहरी–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको छ,भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते दुई जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
बर्दियाको मधुवन नगरपालिका–३ मा भएको सवारी दुर्घटनामा मधुवन–२ का २८ वर्षीय जानकु थारूको मृत्यु भएको छ,भने एकजना घाइते भएका छन् । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ गाडीको ठक्करबाट पैदलयात्री जुम्ला हिमा गाउँपालिका–३ का ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–६ ढक्का चान्देउस्थित मछली खोलामा डुबेर सोही स्थानका ११ वर्षीय सिद्धार्थ विकको मृत्यु भएको छ । साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका विकको खोजीका क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । त्यस्तै, सिराहाको सुखीपुर नगरपालिका–२ जगतपुर टोलका दिनेश यादवका चार वर्षीय छोरा धीरोज यादव घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१ का अमिन दर्जीको घरमा सवामिटर जडान गर्ने क्रममा नेपालगञ्ज–११ का २८ वर्षीय चानबाबु खाँनको मृत्यु भएको हो । सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...
neelambads

सिफारिस

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पाँचवटा मोटरसाईकलसहित पक्राउ गरेको जनाएको छ । विभिन्न मिति,...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ...