समाचारवीरगंजमा आतिशबाजी एवं डिजेमा प्रतिबन्ध लगाइँदै

वीरगंजमा आतिशबाजी एवं डिजेमा प्रतिबन्ध लगाइँदै

वीरगंज, १७ वैशाख । वीरगंजमा बिहे, ब्रतबन्ध, पार्टी उत्सव तथा कुनै पनि समारोहमा आतिशबाजी गर्न पूर्ण रूपमा बन्देज लगाइएको छ । आज जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरूसंगको बैठकमा उक्त निर्णय भएको बैठकमा सहभागी होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्तले बताए । बैठकमा जिल्लाका प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरीका प्रमुख राधेश्याम धिमाल सहित वीरगंजमा संचालित पार्टी प्यालेसहरूका संचालक एवं प्रबन्धकहरूको सहभागीता रहेको अध्यक्ष पन्तले बताए । बैठकले जिल्लामा हुने ध्वनि प्रदुषणलाई मध्यनजर गर्दै डिजेलाई पनि अब क्रमश निरूत्साहित गर्दै जाने सहमति भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनले हाललाई डिजे राति १० बजे पछि पूर्णरूपमा रूपमा निषेध गर्ने सहमति भएको र तुरून्तै अन्य सरोकारवालाहरूसंग पनि बैठक बसेर डिजेलाइ पर्सा जिल्लामा पूर्ण रूपमा प्रतिबन्ध गरिने बताए । जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले बैठकमा भएको सहमतिलाई सबैले अक्षरसः पालना गर्नु पर्ने र त्यसो नभए उल्लंघन गर्नेलाइ कार्बाहीको दायरामा ल्याउने बताए । त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सिमाबाट नियम बिपरित भित्रिने डिजेका उपकरण, पटाका एवं आतिसबाजी जन्य पदार्थहरूमा कडाइका साथ चेकजाँच गरिने बताए । बैठकमा होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले पार्टी प्यालेस बूक हुँदा प्रायः अग्रिम बुकिङ हुने हुँदा अधिकान्स बुकिङ डिजे सहित नै बुक भएकोले अहिले नै डिजेलाई तुरून्तै पुर्णरूपमा बन्द गर्ने अवस्था नरहेकोले यसको लागि केही समय मागिएको र सोही बमोजिम हाललाई पार्टीहल भित्र १० बजे पछि मात्र डिजे निषेध गरिने बताए। उक्त बैठकमा संघका महासचिव माधब बस्नेत, आन्तरिक राजस्व कार्यालय पर्साका करअधिकृत, पर्यटन कार्यालय पर्साका प्रमुख लगायत पार्टी प्यालेसका संचालकहरूको उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...
neelambads

सिफारिस

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पाँचवटा मोटरसाईकलसहित पक्राउ गरेको जनाएको छ । विभिन्न मिति,...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ...