समाचारप्रधानमन्त्रीद्वारा समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान

प्रधानमन्त्रीद्वारा समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान

काठमाडौँ, १८ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ । १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउने भएकाले सबैको सहयोग र समन्वय गर्नुपर्ने बताउनुभयो ।
सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउन रणनैतिक कार्ययोजना निर्माण गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबै निकाय, वर्ग, समुदाय, क्षेत्रलगायतलाई आह्वान गर्नुभयो ।
अन्तरराष्ट्रिय श्रम दिवसको अवसरमा श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न र समाजवाद उन्मुख समृद्ध नेपालको संकल्पमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँले मुलुको समृद्धिको यात्रामा सबै सहभागी हुनुपर्नेमा जोड दिनुभयो ।
“सरकारले श्रम बजार सूचना प्रणाली निर्माण गर्ने काम अघि बढाएको छ, अब सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्नेगरी काम अघि बढिसकेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सूचना प्रविधिको विकासका लागि केही चुनौतीहरू हाम्रा सामु देखा परेका छन् ।”
उहाँले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण श्रमजीवी नेपालीमा शुभकामना व्यक्त गर्दै विश्व श्रमिक सङ्गठन (आइएलओ)ले सन् २०२५ ले तय गरेको ‘सेफ्टि एण्ड हेल्थ अफ वर्कर, डिजिटलाइजेसन एण्ड द फ्युचर अफ वर्क’ नारा नेपालका लागि पनि सान्दर्भिक रहेको बताउनुभयो ।
“आइएलओले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता नयाँ प्रविधिको प्रयोग गरी श्रमिकको स्वास्थ्य र सुरक्षामा गर्न सकिने विषय पनि अघि सारेको छ, आज इन्टरनेट र फोरजी सेवा व्यापक भएका छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उत्पादकत्व अभिवृद्धि गर्न हामीले सूचना प्रविधिको प्रयोगलाई व्यापकता दिँदै आएका छौँ, सूचना प्रविधिको विकास र प्रयोगका सम्बन्धमा हामीले गम्भीर ध्यान दिएका छौँ ।”
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएको बताउँदै उहाँले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य प्राप्त गर्न, सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।
“श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जसबाट श्रम तथा रोजगारका सम्बद्ध विषयको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आवद्धता, रोजगारदाता संस्थाको नियमन, रोजगार सेवाको समतामूलक र पहुँचयोग्यता विस्तारमार्फत सङ्घीयताको लाभ जनस्तरसम्म पु¥याउन सहयोगी हुनेछ ।”
प्रधानमन्त्री ओलीले रोजगारदाता, श्रमिक र तालिम प्रदायकबीच समन्वयकारी भूमिका निर्वाह गर्न सहयोग गर्ने र राष्ट्रिय मानव संशाधन प्रणालीको अनुगमन, मूल्याङ्कन तथा विश्लेषणको आधार निर्माण गर्ने बताउनुभयो ।
“नागरिकमा श्रमको सम्मान गर्ने बानीको विकास हुनेछ भने र रोजगारदातालाई योग्य जनशक्तिको उपलब्धता सुनिश्चित हुनेछ”, उहाँले ओलीले भन्नुभयो, “जसले राष्ट्र निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नेछ ।” प्रधानमन्त्री ओलीले श्रम, रोजगारीका सबै अवसर आमनागरिकसम्म पुग्नुपर्ने र वैदेशिक रोजगारमा देखापरेका चुनौती नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले श्रम बजारको विकास गर्न तालिम, उद्यमशीलताको विकास गर्न सहुलियतपूर्ण कर्जा सरकारले उपलब्ध गराउने बताउँदै सबै श्रम तथा रोजगार सेवालाई जनताको घरदैलोमा पु¥याउन श्रम मन्त्रालयले सुरुआत गरेको ‘श्रम संसार’ पोर्टल उल्लेख्य कार्य भएको धारणा राख्नुभयो । यसलाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न निर्देशन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“जब सीपमूलक जनशक्ति रोजगारीमा जोडिन्छ समृद्ध नेपाल त्यतिबेला सम्भव हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सुखी नेपाली त्यतिबेला सम्भव हुन्छ, जतिबेला श्रमिकको कल्याण, महिलाको आत्मनिर्भरता र त्यसले निरन्तरता प्राप्त गर्दछ ।” श्रम संसार यही राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास भएको भन्दै यसले सरकार, निजी क्षेत्र र जनतालाई जोड्ने पुलको रूपमा काम गर्ने बताउनुभयो ।
उहाँले यसको प्रभावकारिताका लागि जनताको प्रतिवद्धताः श्रमिक, महिला र युवाको रोजगार सुरक्षामा जोड दिनु आवश्यक पर्ने स्पष्ट पार्नुभयो । “सीपमूलक तालिम संस्कृतिको विकास र विस्तारमार्फत दिगो रोजगारीको प्रवर्द्धन सम्भव हुनेछ”, उहाँले भन्नुभयो । तीन तहका सरकार, नागरिक समाज, निजी क्षेत्र, गैरसरकारी क्षेत्रसँगको साझेदारी र सहकार्यका माध्यमले डिजिटल सरकारको प्रारुप तयार गरेको उहाँको भनाइ छ । रासस
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...
neelambads

सिफारिस

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पाँचवटा मोटरसाईकलसहित पक्राउ गरेको जनाएको छ । विभिन्न मिति,...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ...