समाचारराती १० बजेपछि होटल बन्द गर्ने सरकारी नीति

राती १० बजेपछि होटल बन्द गर्ने सरकारी नीति

काठमाडौं, ३० वैशाख । राजधानीका होटल व्यवसायीहरू राति १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थलहरू जबर्जस्ती बन्द गराउने सरकारी निर्णयविरूद्ध खुला रूपमा आक्रोशित बनेका छन। उनीहरू भन्छन्, “यो नीति पर्यटन प्रवद्र्धन होइन, पर्यटनलाई ठप्प पार्ने उद्देश्यले रहेको देखिन्छ ठमेल, सुन्धारा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, बसपार्क र कलंकीजस्ता क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल प्रायः रातको समयमा हुने गर्छ। अधिकांश अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू बेलुका ढिलो वा राती हुने हुँदा पाहुना यही समयमा राजधानी आइपुग्छन। होटल प्रवेश गर्नासाथ सिटी बजाउँदै प्रहरी होटल, रेष्टुरेन्ट बन्द गराइरहेको दृश्यले विदेशी पाहुना चकित र निराश हुने गरेका छन। यो कुनै पनि हिसाबले पर्यटनमैत्री नीति होइन, भन्छन् जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल। पाहुना होटल आइपुग्छन्, खाना खान चाहन्छन्, शहरको सांस्कृतिक र रात्रिकालीन जीवन हेर्न चाहन्छन। तर हामीकहाँ नीति यति कठोर छ कि पाहुनाले नेपाललाई पुनः भ्रमण गर्ने सोच समेत बदल्न सक्छन। बरालको तर्क प्रष्ट छ—आजको काठमाडौं २०–२५ वर्षअघिको जस्तो अब अँध्यारो, असुरक्षित र सुनसान छैन। अहिले यहाँ उज्यालो सडक छन्, नियमित विद्युत आपूर्ति छ, सीसीटीभी निगरानी छ, र व्यस्त शहरको गति छ। यस्तो अवस्थामा सुरक्षा देखाएर होटल व्यवसाय बन्द गराउनु आफैँमा लाजमर्दाे सोच हो। होटल व्यवसायीको माग—ूरातको १२ बजेसम्म सञ्चालनको अनुमति दिइयोस् उनीहरूको दीर्घकालीन सोच भनेको ‘चौबीसै घण्टा सञ्चालन’ हो। कारण स्पष्ट छ—होटल क्षेत्रले लाखौंको लगानी बोकेको छ, हजारौंलाई रोजगारी दिएको छ, र विदेशी मुद्रा आम्दानीको स्थायी स्रोत बनेको छ। तर व्यवसायीहरू सरकारको मौनताबाट निराश छन। पटक–पटक जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायहरूमा गुनासो राखिँदासमेत सुनुवाइ नहुनु उनीहरूका लागि थप पीडादायक बनेको छ। सरकारी नीति ः सुरक्षा चेतना कि व्यवसायविरोधी दृष्टिकोण? सरकारले हालको नीति सुरक्षालाई आधार मानेर लिएको दाबी गर्छ। तर व्यवसायीहरूको प्रश्न छ—के अहिलेको प्राविधिक, पूर्वाधारयुक्त, सञ्चार–संवेदनशील युगमा पनि हामी पुरानै डरको धरातलमा जीउनु पर्ने हो? महामारीपछि बल्ल उठ्न खोजेको पर्यटन व्यवसायको मुख्य आधार होटेल व्यवसाय छायामा पर्दा देशको अर्थतन्त्रमा समेत असर पर्ने व्यवसायीहरूको ठहर छ, यसर्थ रात्री १० बजे प्रहरीले सायरन बजाएर होटेल बन्द गराउने काम बन्द हुनु पर्ने माग होटेल व्यवसायीहरूको रहेको छ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले ...

वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको...
neelambads

सिफारिस

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तार...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गर्दै स्थानीय नागरिकका गुनासा,...