मुख्य समाचारबहुदरमाईमा कालोपत्रे सडक निर्माण तीव्र, मेयर सिंगासन साहले गरे अनुगमन

बहुदरमाईमा कालोपत्रे सडक निर्माण तीव्र, मेयर सिंगासन साहले गरे अनुगमन

जेठ, १ वीरगंज । बहुदरमाई नगरपालिका वडा नं. १ स्थित बिश्रामपुर गाउँ हुँदै भौराटार–डौकैलासम्मको मुख्य सडकमा कालोपत्र (पिच) तथा नाला निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको उक्त सडकको स्तरोन्नति हुन थालेपछि स्थानीयवासी हर्षित भएका छन् ।

स्थानीयवासीको लामो प्रतीक्षा र मागपछि शुरु गरिएको पिच निर्माण कार्यको आज बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंगासन साहले स्थलगत अनुगमन गरेका हुन् । सडकको गुणस्तर, कामको प्रगति र स्थानीय जनताको सन्तुष्टिलाई ध्यानमा राख्दै मेयर साहले निर्माण कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद पनि गरेका थिए ।

मेयर साहले भने, “यो सडक बहुदरमाई नगरपालिकाको जीवन रेखा हो । यसलाई आधुनिक शैलीमा कालोपत्रे बनाउने र दुवै किनारामा नाला निर्माण गर्ने काम भैरहेको छ । हामी गुणस्तरीय निर्माणमा कुनै सम्झौता गर्ने छैनौं ।”

सडक निर्माणले बिश्रामपुर, भौराटार, डौकैला लगायतका बस्तीहरूलाई नगरको मुख्य व्यापारिक केन्द्रहरूसँग सहज पहुँच दिलाउने नगरपालिकाको भनाइ छ । वर्षा याममा हिलो र धूलोका कारण अत्यन्तै सास्ती झेलेका स्थानीयवासी अब सजिलै हिँडडुल र यातायात सेवा लिन सक्ने अवस्था आएको भन्दै खुसी व्यक्त गरेका छन् ।

स्थानीय रामअसरे साह तेलीले भने, “पहिले यहाँको सडकको अवस्था अत्यन्तै खराब थियो, एम्बुलेन्स जान पनि मुस्किल पथ्र्यो । अहिले पिच बन्न थालेपछि हामीले साँच्चै विकास अनुभूति गरेका छौं ।”

सडकसँगै दुवैतर्फ नाला निर्माण भइरहेकोले वर्षायाममा पानी जम्ने समस्या पनि समाधान हुने नगर प्रमुख सिंगासन साहले जानकारी दिए । बहुदरमाई नगरपालिकाले आगामी वर्षहरूमा पनि प्राथमिकताका साथ यातायात पूर्वाधारलाई सुदृढ बनाउने रणनीति अघि सारेको छ ।

निर्माण कम्पनीले गुणस्तरको काम गर्ने प्रतिबद्धता जनाउँदै सडक निर्माण कार्य तोकिएको समयमै सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले ...

वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको...
neelambads

सिफारिस

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तार...

सुशासनको डँका, अव्यवहारीक खर्चको चाङ ?, मेयरसापले खाए एक वर्ष मै १९ लाखको खाजा र खाना

असार, १६ वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आर्थिक वर्ष २०८०/८१ मा पुजन होटलबाट मात्र १९ लाख रुपैयाँभन्दा बढीको खाना र खाजा खाएका...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज...