समाचारवीरगंज–१७ अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको महानगर प्रमुख सिंहद्वारा शिलान्यास

वीरगंज–१७ अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको महानगर प्रमुख सिंहद्वारा शिलान्यास

वीरगंज १७ जेठ । वीरगंज महानगरपालिका वडा नं. १७ अन्तर्गत अलौंस्थित मुस्लिम समुदायको कब्रगाहमा वाउन्ड्रीवाल निर्माण कार्यको शिलान्यास गरिएको छ। करीब ५० लाख रुपैयाँको लागतमा निर्माण हुने यो संरचनाले कब्रगाहको सुरक्षा, संरक्षण तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रम वीरगंज महानगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा बोल्दै प्रमुख सिंहले वीरगंजलाई सांस्कृतिक, धार्मिक र जातीय विविधताको प्रतिकको रूपमा उल्लेख गर्दै भन्नुभयो, “यहाँका सबै धर्म र समुदायको आस्था र परम्पराको संरक्षण हाम्रो साझा दायित्व हो। कब्रगाहको वाउन्ड्रीवाल निर्माण केवल संरचनात्मक कार्य होइन, यो धार्मिक सम्मान, सामाजिक सद्भाव र नागरिक जिम्मेवारीप्रति महानगरको गम्भीर प्रतिबद्धता हो।”
उहाँले थप भन्नुभयो, “विगतमा खुला अवस्थामा रहेको कब्रगाहमा अतिक्रमण, फोहोर र असुरक्षाको समस्या देखिँदै आएको थियो। पर्खाल निर्माणपछि यसको व्यवस्थापन व्यवस्थित हुने विश्वास लिइएको छ। महानगरले धार्मिक सहिष्णुता र सामाजिक समावेशीतालाई प्राथमिकतामा राखेर यस्ता संरचनात्मक सुधारका कामहरू आगामी दिनमा पनि निरन्तरता दिनेछ।”
शिलान्यास कार्यक्रममा योजना प्रमुख अवधेश कुश्वाहा, प्रमुखको प्राविधिक सल्लाहकार प्रकाशमान अमात्य, इन्जिनियर प्रकाश अधिकारी, स्थानीय मुस्लिम समुदायका अगुवा तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानिय बासिन्दा तथा समुदायका प्रतिनिधिहरूले महानगरको यस पहललाई स्वागत गर्दै यसले धार्मिक स्थापनाहरूको संरक्षणसँगै सामाजिक एकता र सहकार्यको सन्देश दिएको प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले ...

वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको...
neelambads

सिफारिस

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तार...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गर्दै स्थानीय नागरिकका गुनासा,...