समाचारश्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरूबीच मंगलवार भएको छलफलमा लिखित प्रतिबद्धता जनाइएको छ । मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको उद्योग विभागले आयोजना गरेको कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले श्रीसिया नदी प्रदुषण गर्ने उद्योगहरूलाई महानगरले आर्थिक जरिवाना गर्दा समेत नटेरेको बताए । उनले श्रीसिया नदीलाई प्रदुषणमुक्त गराउने अभियान महानगरले निरन्तर गर्दै आइरहेको भए पनि अवस्था जस्तोको त्यस्तै रहेको बताए । उनले अब प्रतिबद्धता भन्दा नेपालको कानुनमा उल्लेख दण्डात्मक विधि नै अपनाउन आवश्यक भइसकेको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी प्रदुषण रोक्न अब अनुरोध होइन सिधै कानुनी दण्डात्मक कारबाही गरिने बताए । नदीलाई प्रदुषित बनाउने उद्योगलाई अब छुट नदिइने उनले बताए । अबको १५ दिनभित्र उद्योगहरूले उद्योगका फोहोर र प्रदुषित बानी प्रशोधनका लागि ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ जडानका लागि काम थालेको अवस्था नभेटिएमा ती उद्योगहरू कारबाहीको भागिदार हुने चेतावनी दिए । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले श्रीसिया नदीलाई प्रदुषण मुक्त बनाउन गफ धेरै भएको र अब एक्शनमा जानैपर्ने बताए । यसको लागि बाराको स्थानीय प्रशासन तयार रहेको बताए । उनले नदी प्रदुषित गर्ने उद्योगहरूलाई कारबाही गर्ने अधिकार स्थानीय प्रशासनलाई नभएकोले उद्योगीहरूले अटेर गरिरहेको उनले बताए । कार्यक्रममा वीरगंज महानगरपालिकाको वातावरण महाशाखाका प्रमुख ईन्जिनियर रोकश साहले रामवन जंगलको मुहान शुरू भई बाराको जितपुरसिमरा उपमहानगर, परवानीपुर, पर्साको वीरगंज महानगरसम्म पुगेको सिर्सिया नदी कोरिडोरमा १२२ वटा उद्योगहरू रहेको जानकारी गराए । ती १ सय २२ मध्ये १ सय वटा उद्योगमा ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ नै नभएको, २१ वटामा उक्त प्लान्ट जडान भएको र ती २१ मध्ये ८ वटामा मात्रै प्लान्ट सञ्चालनमा रहेको उनले बताए । जडान भएका मध्येपनि ८ वटा उद्योगमा उक्त प्लान्ट सञ्चालनमा नल्याइएको उनले बताए । उनले २०६७ सालमा जिल्ला प्रशासन कार्याल पर्साद्वारा गठित समितिले अनुगमनका क्रममा ४८ वटा उद्योगहरूले सिर्सिया नदीलाई प्रदुषित गरेको प्रतिवेदन तयार पारेको बताए । वीरगंज महानगरपालिकाका वातावरण निरीक्षक प्रकाश ऐरले सिर्सिया नदीमा अहिले मुुहानको पानी १० प्रतिशतमात्रै बगिरहेको बताए । बाँकी ९० प्रतिशत पानी उद्योगहरूले मिसाएको रसायनयुक्त र फोहोर पानी रहेको उनले बताए । कार्यक्रममा चाचान गु्रपका प्रतिनिधी नवलकिशोर यादवले बाराको जीतपुरसिमरा उपमहानगर, परवानीपुर गाँउपालिका र पर्साको वीरगंज महानगरका ढल र नालाको पानीले पनि सिर्सिया नदीको प्रदुषित भएको बताए । उनले दोष जति उद्योगहरूमाथि मात्रै थोपर्ने काम भइरहेको आरोप लगाए । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान गरेर सञ्चालनमा मात्रै ल्याइदिए पनि नदी प्रदुषणको ७५ प्रतिशत समस्या समाधान हुने बताए । संघका बरिष्ठ उपाध्यक्ष माधव राजपालले अधिकांश उद्योगले ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान गरिसकेको र केहि उद्योगहरूमा जडान गर्ने प्रकृया चलिरहेको जानकारी गराए । एभरेष्ट लेदर इण्डष्ट्रिजका प्रतिनिधी विनोद चौधरीले कोरिडोरका १० छाला उद्योगमध्ये ६ वटा बन्द भइसकेको र हाल ४ वटा मात्रै सञ्चालनमा रहेकोले नदीमा प्रदुषण गर्ने ९० प्रतिशत अन्य उद्योग रहेको बताए । उद्योग विभागका महानिर्देशक सुशील साहको अध्यक्षतामा भएको कार्यक्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका मेयर राजन पौडेल, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, विभागकी निर्देशक रिमा साह, प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष जसपाल सिंह, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, पर्सा र बाराका नेपाल प्रहरीका उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षकलगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...
neelambads

सिफारिस

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ...

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तार...