अन्तर्राष्ट्रियघडिअर्वामा ५७ जनाद्वारा रक्तदान

घडिअर्वामा ५७ जनाद्वारा रक्तदान

छठ पर्वको उपलक्ष्यमा वीरगंजस्थित घडीअर्वा पोखरी छठ घाट परिसरमा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको समन्वयमा घडीअर्वा स्पोर्ट्स क्लबले आयोजना गरेको कार्यक्रममा ३ महिलासहित ५७ जनाले रगत दान गरेका रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । कार्यक्रमको वीरगंज महानगरपालिका–१० का वडाध्यक्ष सुशील कुमार कानुले आफैले रक्तदान गरेर उद्घाटन गरेका थिए ।

रक्तदान पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष कानुले छठ पर्वको धार्मिक अवसरमा रक्तदान गरी समाज सेवाको अवसर पाउँदा गौरव महसुस गरेको बताए । आयोजक क्लबका अध्यक्ष लखनलाल गुप्ताले विगत डेढ दशकदेखि छठ पर्वकै अवसरमा क्लबले निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको जानकारी पनि दिए । धार्मिक अवसरमा समाज सेवा पनि होस् भन्ने उद्देश्यका साथ क्लब मार्फत आफूहरूले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको उनले बताए ।

वडाध्यक्ष कानुको प्रमुख आतिथ्यमा एवम् गुप्ताको सभापतित्वमा आयोजित कार्यक्रममा घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह साह कानु, पूर्व अध्यक्ष हिरा साह कानु, प्रेम साह कानु, उपाध्यक्ष राकेश साह, कोषाध्यक्ष तिलक साह, सह कोषाध्यक्ष कन्हैया गुप्ता, सुरक्षा उपसमितिका संयोजक मुन्ना साह, सरसफाइ उपसमितिका संयोजक शम्भु साह कानु, युवा अभियन्ता दिलीपराज कार्की लगायतको‍ उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले ...

वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको...
neelambads

सिफारिस

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तार...

सुशासनको डँका, अव्यवहारीक खर्चको चाङ ?, मेयरसापले खाए एक वर्ष मै १९ लाखको खाजा र खाना

असार, १६ वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आर्थिक वर्ष २०८०/८१ मा पुजन होटलबाट मात्र १९ लाख रुपैयाँभन्दा बढीको खाना र खाजा खाएका...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज...