अन्तर्राष्ट्रियप्रधानमन्त्री राहत कोषमा कांग्रेसको रु ५० लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको रु ५० लाख सहयोग

काठमाडौँ, २१ कात्तिक : नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ । कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ । कांग्रेसले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनःस्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई सङ्घीय सरकारको अनुगमन र सहजिकरणका लागि सुझाव समेत दिएको छ । सो अवसरमा कांग्रेस सभापति देउवासँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रचारविभाग प्रमुख मीनबहादुर विश्वकर्मालगायत हुनुहुन्थ्यो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्ने बताउनुभयो । उहाँले खोज र उद्धारको पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न भएको बताउँनुहुँदै अब राहत र पुनःनिर्माणको दोस्रो चरणको काम द्रुतगति हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो मात्र दुवै छिमेकी राष्ट्रका राजदूतलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ । उहाँहरुले राहतका लागि आफूहरु सुरुवात गरेको बताउनुभयो । यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरु आउने क्रम जारी छ ।”

प्रधानमन्त्रीले आगामी दिनमा भूकम्पलगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा भण्डारणको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कामबारे छलफल भएको बताउनुभयो । उहाँले नेपालीहरुमा संकटको बेला एकैठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपतमा झैं यसपटक पनि सबै एकजुट भएको बताउनुभयो ।

आजै नेकपा (एकीकृत समाजवादी)ले पनि रु २५ लाख सहयोग गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेतासहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी रु २५ लाख बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तर गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता विषयमा गृह मन्त्रालयको प्रतिवेदन कुरिराखेका छौँ

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

नागरिकको अधिकार बारे सजग गराउँदै कानूनको दायरामै ल्याएर काम गराउने तर्फ अग्रसर छौं

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाईले पत्रकार जियालाल साहलाई दिलाए धम्की

पौष, २० वीरगंज । सिधाकुरा डट कमका पर्सा संवाददाता...

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको...

सिफारिस

मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता विषयमा गृह मन्त्रालयको प्रतिवेदन कुरिराखेका छौँ

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै बिचौलिया र दलालको माध्यमबाट काम हुने गरेको गुनासाहरु छन् । तराईमा हरेक वर्ष शितलहर आउने...

नागरिकको अधिकार बारे सजग गराउँदै कानूनको दायरामै ल्याएर काम गराउने तर्फ अग्रसर छौं

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै बिचौलिया र दलालको माध्यमबाट काम हुने गरेको गुनासाहरु छन् । तराईमा हरेक वर्ष शितलहर आउने...

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाईले पत्रकार जियालाल साहलाई दिलाए धम्की

पौष, २० वीरगंज । सिधाकुरा डट कमका पर्सा संवाददाता जियालाल साहलाई एमाले कार्यकर्ताले आफ्नो नेताविरुद्ध समाचार लेखेको भन्दै अभद्र व्यवहार गरेका छन् । ‘आपराधिक पृष्ठभूमिका...