नयाँ पुस्ताजीवनकाे सपना पुरा गर्न अनुशासित भएर पढनु पर्छ : पूर्व मन्त्री चाैधरी

जीवनकाे सपना पुरा गर्न अनुशासित भएर पढनु पर्छ : पूर्व मन्त्री चाैधरी

पर्सा मैनेजमेन्ट सेन्टरल एकेडमी (पिएमसि)काे बिदाई कार्यक्रम

वीरगंज, २७ वैशाख ।  पानीटंकीमा रहेकाे पर्सा मैनेजमेन्ट सेन्टरल एकेडमी (पिएमसि)काे बिदाई कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएकाे छ ।

वीरगंजकाे पानीटंकीस्थित ओम पार्टी प्यालेसमा भएकाे कार्यक्रममा एकेडमीकाे कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुकाे बिदाई गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता सुरेन्द्र प्रसाद चाैधरीले अहिलेकाे जबानामा शिक्षा नै सबै थाेक भएकाे वताए । उनले अहिलेकाे जबानामा शिक्षित नभएकाे मानिसकाे कुनै महत्व नभएकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता चाैधरीले जिवनलाई सार्थक बनाउन शिक्षा जरुरी रहेकाे वताए । उनले शिक्षाबाट नै जिवनकाे सापना पुरा हुने भएकाेले अनुशासित भएर पढ्नु पर्ने सुझाए ।

पिएमसि एकेडमीका निर्देशक प्रकाश यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल निजामती कर्मचारी ट्रेड युनियनका निर्वतमान अध्यक्ष सुवेदार प्रसाद यादव, जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकारी सराेज चाैधरी, जिराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सराेज चाैरसिया, बिन्दवासिनी गाउँपालिकाका लेखा अधिकृत मिथिलेश कुशवाहा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिराभवानी गाउँपालिकाका लेखा अधिकृत मुकेश मिश्र, नेकपा एमालेका जिल्ला कमिटी सदस्य पवन यादव, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष एवम् कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमन, पिएमसी एकेडमीका निर्देशक सुशिल ठाकुर, मिनु कुमारी, सपना झा, नरेन्द्र महताे काेइरी लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन एकेडमीका रामप्रबेश यादवले गरेका थिए ।

कार्यक्रममा एकेडमीका छात्र/छात्राले विभिन्न किसिमकाे सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू...

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन...

मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

वीरगंज, २४ जेठ । वीरगंज महानगरपालिकाको मुर्लीचोक नजिक मोटरसाइकलको...

गोठबाट भन्सार छली चकलेट बरामद

वीरगंज २३ जेठ । भारतबाट अवैध रूपमा भित्र्याइएका चकलेट,...
neelambads

सिफारिस

बहुदरमाईमा कालोपत्रे सडक निर्माण तीव्र, मेयर सिंगासन साहले गरे अनुगमन

जेठ, १ वीरगंज । बहुदरमाई नगरपालिका वडा नं. १ स्थित बिश्रामपुर गाउँ हुँदै भौराटार–डौकैलासम्मको मुख्य सडकमा कालोपत्र (पिच) तथा नाला निर्माण कार्य तीव्र गतिमा...

बहुदरमाई : सिसियाडी बैरियाको विद्यालयमा ४ कोठे भवन निर्माण थालियो, कक्षा १० सञ्चालनको अनुमति पनि प्रदान

बैशाख, १९  वीरगंज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिसियाडी बैरियामा नयाँ चार कोठे सुविधा सम्पन्न विद्यालय भवनको शिलान्यास...

अल्पाइन मावि कक्षा १२ का विद्यार्थीहरुको बिदाइ तथा सम्मान कार्यक्रम

वीरगंज, ७ वैशाख । अल्पाइन माध्यमिक विद्यालय, वीरगंजले कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुको बिदाई तथा सम्मान कार्यक्रम गरेको छ । आज वीरगंजको होटल भिस्वामा...