मुख्य समाचारवीरगंजमा साढे ५ करोडको दिवा खाजामा अनियमितता, ४ करोड ८१ लाख खर्च...

वीरगंजमा साढे ५ करोडको दिवा खाजामा अनियमितता, ४ करोड ८१ लाख खर्च देखाई ८५ लाख रुपैयाँ बढि निकासा

पौष, ११ वीरगंज । सुशासन सहितको समृद्धि र विकासको नारा दिएको वीरगंज महानगरपालिकामा अनियमितताको चाङ लागेको पाईएको छ । वीरंगंज महानगरपालिकामा दिवा खाजामा ४ करोड साढे ८१ लख रुपैयाँ खर्च देखाई अनियमितता भएको पाईएको छ । वीरगंज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख तथा अहिलेका निमित प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले विद्यालयको मिलेमतोमा दिवा खाजामा अनियमितता गरेको पाईएको छ ।

सामुदायिक विद्यालयका प्रारम्भिक बाल बिकास देखी कक्षा ६ सम्मका बिधार्थीहरुलाई दिवा खाजा कार्यक्रम कार्यन्वयन पुस्तिका २०७९/८० को क्रियाक्लाप नम्बर २, ७, ११, १ अनुसार प्रति विधार्थी रु १५ का दरले महानगरभित्र रहेका ९० वटा विद्यालयको खातामा ५ करोड ६६ लाख ५१ ह्जार ८४५ रुपैयाँ निकासा गरिएको थियो । त्यसमध्ये ती ९० वटा विद्यालयहरुमा मापदण्ड विपरित ४ करोड साढे ८१ लाख रुपैयाँ खर्च देखाई अनियमितता भएको महालेखा परिक्षक कार्यालयको प्रतिवेदनबाट खुलेको छ ।

दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका, २०७६ को अनुसूचि ७ बमोजिम विद्यालयले चौमासिक विवरणका आधारमा तथ्याङक भरेर माग गर्नुपर्ने व्यवस्था छ । दिवा खाजा व्यवस्थापनको लागि स्थानीय तहमा एक उपसमिति गठन गर्नुपर्ने, अभिभावक आमा समूह गठन गर्नुपर्ने, स्थानीय तहले उपस्थित विधार्थी संख्या अनुसार खाजा वितरण भए नभएको अनुगमन तथा मूल्याङकन गर्नुपर्ने र दोस्रो त्रैमासिक देखी निकासा गर्दा उक्त समय भन्दा अगाडी निकासा गरिएको रकम सदुपयोग भएको सुनिश्चित गरेर मात्र निकासा गर्नु पर्ने कानूनी व्यवस्था भए पनि दिवा खाजाको बजेटमा आर्थिक लाभ लिने नियमतले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र तत्कालिन शिक्षा प्रमुख अरबिन्द लाल कर्ण सहितकाले विभिन्न ६ वटा गोश्वारा भौचरबाट विद्यमान कानूनी प्रकृया पुरा नै नगरि ५ करोड ६६ लाख रुपैयाँ निकासा दिएको देखिन्छ ।

महानगरले दिवा खाजा संचालन भएका विद्यालयहरुको प्रधानाध्यापकको बैठकबाट एकरुपता कायम गर्न कार्ययोजना बनाउनु पर्नेमा प्र.अ.को बैठक माईन्यूट पेश नभएको, समिति समूह गठन र भूमिका नदेखिएको, EIMS मा प्रविष्ट विधार्थीको तथ्याङकलाई सत्यापन नगरिएको, हाजिरी प्रतिलिपी संकलन भएपनि विद्यालयको माग पत्रलाई अन्तिम मानी जनशक्तिको अभाव भनी भिडान गर्ने नगरिएको, अधिकांश विवरण विद्यालय व्यवस्थापन समितिबाट प्रमाणित, हाजिरीमा क्रमशः १, २, ३ लेख्न उपयुक्त हुनेमा p, p, p लेखिएको र विद्यालयमा परिक्षाको उपस्थिति गणना भए पनि हाजिरी प्रतिलिपीमा नभएको हुँदा उपस्थित विधार्थी संख्या यकिन नगरिएको महालेखाले औल्याएको छ । यसले अवैध आर्थिक लाभकै लागि जानी–जानी शिक्षा प्रमुख कर्ण विद्यालयको मिलेमतोमा अनियमितता गरेको स्थानीयको आरोप पुष्टि हुन्छ ।

परिक्षामा उपस्थिति गणना रहेको तर हाजिरी प्रतिलिपीमा नभएको हुँदा बिधार्थी संख्या यकिनै नगरि ५ करोड ६६ लाख रुपैया निकासा गरेका अधिकृत पौडेल र शिक्षा शाखा प्रमुख कर्ण सहितकाले दिवा खाजा संचालनको निरिक्षण अनुगमन समेत नगरेकोले संयुक्त मिलेमतोमा दिवा खाजामा बढि खर्च देखाई अनियमितता भएको छ । जुन दिवा खाजाको बिल भरपाई पेस नभएको र खर्च विव्यसबाट अनुमोदन नभएकोले दिवा खाजाबाट निकासा भएको रकम बढि निकासा भएको छैन भन्न सक्ने अवस्था छैन भनेर मलेपको प्रतिवेदनले समेत पुष्टि गरिसकेको छ ।

एक शिक्षकका अनुसार विद्यालयमा दिवा खाजाको रकम निकासा गर्नुभन्दा पहिले नै कमिसनको भागबण्डा मिलाई तत्कालिन अधिकृत पौडेल र शिक्षा शाखा प्रमुख कर्ण सहितकाले विद्यालयमा अनुगमन लगायतका प्रकृया पुरा नगर्ने शर्त अनुसार नै बढि निकासा दिएर अनियमितता गरिएको छ । जुन विद्यामान ऐन कानून प्रकृयालाई शिक्षा प्रमुख कर्ण लगायतले पुरा नगरेबाट अनियमितता भएको नकार्न सकिदैन् ।

अतः प्रत्येक विद्यालयमा अन्तिम परिक्षामा सहभागी भएका विधार्थीहरुको हाजिरीसंग IEIMS तथ्याङकसंग सत्यापन गरि दिवा खाजामा खर्च नगरेकोले अकुँत सम्पति कमाउने नियतले विद्यमान कानूनलाई पालना नगरि अनियमितता गरिएको देखिन्छ ।

८५ लाख रुपैयाँ बढि निकासा

दिवा खाजा कार्यक्रम संचालन तथा कार्यन्वयन प्रकृया विपरित भुक्तानी दिएर अनियमितता गरेका शिक्षा प्रमुख कर्ण लगायतले ८५ लाख रुपैयाँ बढि निकासा गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९(५) मा सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टि गर्ने बिल, भरपाई, प्रमाण र कागजात संलग्न हुनुपर्ने व्यवस्था छ । पालिकाको शिक्षा शाखाबाट प्राप्त विवरण अनुसार ९० वटा विद्यालयलाई दिवा खाजा वापतको अनुदान रु ५ करोड साढे ६६ लाख निकासा भएकोमा विद्यालयले दिवा खाजा संचालनमा ४ करोड साढे ८१ लाख रुपैयाँ खर्च गरेको विवरण पेश गरेको छ । जसमा ८५ लाख रुपैयाँ बढि निकासा देखिएको उल्लेख गर्दै महालेखा परिक्षकको कार्यालयले उक्त रकम सम्बन्धीत विद्यालयबाट असुल गर्नु पर्ने निर्देशन दिएको छ । ९० वटा विद्यालयमा बढि निकासा भएको ८५ लाख रुपैयाँ मध्ये २२ लाख रुपैयाँ असूल भईसकेको शिक्षा शाखाका लेखा प्रमु्ख राजन दासले बताए । त्यसबाहेक अरु पनि विद्यालयबाट बढि निकासा रकम दाखिला भईसकेको तर कति भनेर नजोडिएको बताए ।

अतः विधार्थीहरुको हाजिरीसंग EIMS तथ्याङकसंग सत्यापन नै नगरि, विद्यालयमा अनुगमन तथा निरिक्षण लगायतका विद्यामान प्रकृया विपरित निकासा पठाएको रकमबाट मनपरि बिल, भरपाई समेत बनाएर विद्यालयले खर्च देखाएको विवरणमा अनुगमन लगायतका कानूनी प्रकृया शैक्षिक महाशाखा प्रमुख कर्णले पुरा नगरेबाट विद्यालयको मिलेमतोमा दिवा खाजामा अनियमितता भएको पुष्टि हुन्छ ।

शिक्षा शाखा प्रमुख अरबिन्दलाल कर्णले सहायक शिक्षा शाखा प्रमुखसंग कुरा गर्न भन्दै केही बोलेनन् । सहायक शिक्षा शाखा प्रमुख भने सम्पर्कमै आएनन् ।

प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले ...

वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको...
neelambads

सिफारिस

पोखरियामा पौने ३५ लाखको डि.पि.आरमा घोटाला, लागत अनुमान र कानुनी प्रक्रिया बिना लाखौं रुपैयाँ हिनामिना

असार, ३ वीरगंज । पर्साको पोखरिया नगरपालिकामा कमिसनको भागबण्डामा एक/दुई होइन, दर्जनौँ योजनाहरू ऐन विपरीत सोझै खरिद गरी अनियमितता भएको पाइएको छ । पोखरिया नगरपालिकाका...

पर्साका सबै अधुरा खानेपानी आयोजना साउनदेखि सञ्चालनमा आउने : मन्त्री प्रदीप यादव

जेठ, ११ वीरगंज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पर्सा जिल्लाका सबै अधुरा खानेपानी आयोजना साउन महिनादेखि सञ्चालनमा ल्याइने बताएका छन् । शुक्रबार पर्सागढी...

बहुदरमाईमा कालोपत्रे सडक निर्माण तीव्र, मेयर सिंगासन साहले गरे अनुगमन

जेठ, १ वीरगंज । बहुदरमाई नगरपालिका वडा नं. १ स्थित बिश्रामपुर गाउँ हुँदै भौराटार–डौकैलासम्मको मुख्य सडकमा कालोपत्र (पिच) तथा नाला निर्माण कार्य तीव्र गतिमा...