मुख्य समाचारसुशासनको डँका, अव्यवहारीक खर्चको चाङ ?, मेयरसापले खाए एक वर्ष मै १९...

सुशासनको डँका, अव्यवहारीक खर्चको चाङ ?, मेयरसापले खाए एक वर्ष मै १९ लाखको खाजा र खाना

असार, १६ वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आर्थिक वर्ष २०८०/८१ मा पुजन होटलबाट मात्र १९ लाख रुपैयाँभन्दा बढीको खाना र खाजा खाएका छन् ।

दुई-दुईवटा आलिशान महल रहेका मेयर सिंह प्राय राती घर मै सुत्ने गर्दछन् तर खाना, खाजा र कोठा भाडा वापत १९ लाख रुपैयाँ सकाएका छन् । यो हामीले दाबी गरेको हैन् पटक पटक गरेर दुईपटक भुक्तानी गरेको महानगरलाई महालेखा परिक्षक कार्यालयलको प्रतिवेदनले प्रश्न उठाएको छ ।

महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा महानगरले पठाएको जस्ताको त्यस्तै लेखेर प्रश्न उठाएको छ । प्रतिवेदनमा उक्त रकम बराबरको खाना र खाजा मेयरसापको खर्च भुक्तानी भनिएको छ । कोठाभाडा समेत समावेश गरिएको शिर्षक अनुसार खर्च पुष्टि भएको छैन् ।

मलेपाले
ग) भौचर नं. २२८०–०८०-३-१९ बाट होटल पुजन प्रा. लि.को बिजकमा अधिकांश खर्च मेयरसापको खर्च उल्लेख गरी रु १०८१५१३। भुक्तानी गरिएको छ । उक्त बिलमा खाना खाजा लगायत कोठा भाडा समेत समावेश गरिएको छ । होटलबाट मेयरसापको खर्च लेखेको अधिकांश बिलमा खर्च शिर्षक अनुसार खर्च पुष्टि हुने प्रमाण संलग्न राखिएको छैन ।
घ) भौचर नं. १३१३–०८०-१२-७ बाट होटल पुजन प्रा. लि. बाट माथि प्रकरण ग जस्तै गरी रु ८५८०७९। भुक्तानी गरिएको छ ।
लेखेको छ ।

महालेखा परिक्षक कर्यलयको प्रतिवेदन अनुसार वीरगंज महानगरपालिकाले खर्च संकेत नम्बर २२७११ – विविध खर्च शीर्षक अन्तर्गत भौचर नं. २२८०–०८-०३-१९ बाट पुजन होटल प्रा.लि.लाई १० लाख ८१ हजार ५ सय १३ रुपैयाँ भुक्तानी गरेको छ । सो भौचरमा खाना, खाजा र कोठा भाडा सम्बन्धी खर्च समावेश गरिएको छ, तर बिलमा उल्लेखित खर्च शिर्षक अनुसार कुनै प्रमाण संलग्न गरेको छैन् । किन के प्रयोजनका लागि यति धेरै भुक्तानी गरिएको हो त्यो नखुलाइ बिलको अधारमा भुक्तानी गरेको मलेपाले जनाएको छ ।

यसै वीरगंज महानगर मै दुई-दुईवटा आलिशान घर रहेका मेयर सिंहले होटलमा बस्नु र खानुपर्ने उपदेहिता देखिन्न ।

प्रमाण बिनाको दोश्रो पटक समेत भुक्तानी ?

यस्तै, अर्को भौचर नं. १३१३–०८०-१२-७ बाट पनि पुजन होटललाई खाना–खाजा र कोठाभाडाको नाममा भुक्तानी दिइएको उल्लेख छ । तर, उक्त खर्चसमेत पुष्टि गर्ने पर्याप्त प्रमाण नरहेको महालेखाको प्रतिवेदनले उल्लेख गरेको छ ।

एकीकृत आर्थिक संकेत तथा वर्गीकरण व्याख्या २०७६ (चौथो संशोधन) अनुसार मनोरञ्जन, चियापान, भोज आदिका लागि स्वीकृत कार्यक्रम अन्तर्गत खर्च गर्न सकिने व्यवस्था भए तापनि यसरी १९ लाख ३९ हजार रुपैयाँ एक वर्षमै खानपानमा खर्च हुनु शंकास्पद हो ।

सुशासनको डँका, अव्यवहारीक खर्चको चाङ ?

चुनावका बेला आफूलाई सुशासनका पक्षधर र पूर्व मेयर विजय सरावगीलाई भ्रष्टाचारीको रूपमा चित्रण गर्दै आएका मेयर सिंहले आफू जितेपछि “भ्रष्टाचारको फाइल खोल्ने” र “हतकडी लगाउने” वाचा गरेका थिए । तर, अहिले सार्वजनिक भएको खर्च विवरणले त्यस वाचाको ठाडो विपरीत उनी स्वयंमाथी नै भ्रष्टाचारको शंका उब्जाएको छ ।

१९ लाखको खाना–खाजा कसरी खायो ?

यति ठूलो खर्चको प्रयोजन मेयर सिंहले खुलाएका छैनन् । महालेखा परीक्षकको प्रतिवेदनले उठाएको अस्पष्ट खर्च र प्रमाण अभावले वीरगंज महानगरपालिकाको वित्तीय पारदर्शितामाथि प्रश्न उठाएको छ । सार्वजनिक पदमा बसेको व्यक्तिले जनताको करको रकम पारदर्शी ढंगले खर्च गर्नु मूख्य जिम्मेवारी हो । तर, यो घटनाले मेयर सिंहको आचरण माथि नै प्रश्न उठेको छ ।

प्रतिपक्षलाइ अख्तियार बोलाउन डंका पिट्ने मेयर सिंहले पुजनबाट १९ लाख प्रमाण विनै भुक्तानी गराएका छन् । महानगरका कर्मचारीले समेत त्यसलाई मेयरसापको खाना खाजा भनेर प्रतिवेदन नै पेश गरिदिएका छन् ।

यस विषयमा प्रतिक्रिया लिन मेयर सिंहको मोबाईल नम्बर ९८५५०४५१०० मा पटक–पटक फोन गर्दा उनले फोन उठाएनन् ।

प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन...

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत...

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ...

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा...

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले ...

वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको...
neelambads

सिफारिस

पर्साका सबै अधुरा खानेपानी आयोजना साउनदेखि सञ्चालनमा आउने : मन्त्री प्रदीप यादव

जेठ, ११ वीरगंज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पर्सा जिल्लाका सबै अधुरा खानेपानी आयोजना साउन महिनादेखि सञ्चालनमा ल्याइने बताएका छन् । शुक्रबार पर्सागढी...

बहुदरमाईमा कालोपत्रे सडक निर्माण तीव्र, मेयर सिंगासन साहले गरे अनुगमन

जेठ, १ वीरगंज । बहुदरमाई नगरपालिका वडा नं. १ स्थित बिश्रामपुर गाउँ हुँदै भौराटार–डौकैलासम्मको मुख्य सडकमा कालोपत्र (पिच) तथा नाला निर्माण कार्य तीव्र गतिमा...

बहुदरमाई : सिसियाडी बैरियाको विद्यालयमा ४ कोठे भवन निर्माण थालियो, कक्षा १० सञ्चालनको अनुमति पनि प्रदान

बैशाख, १९  वीरगंज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिसियाडी बैरियामा नयाँ चार कोठे सुविधा सम्पन्न विद्यालय भवनको शिलान्यास...